आफूले कोरोनालाई जीतेपछि अस्पतालमा बिरामीको परीक्षणका लागि फर्किए रायन


प्रकाशित मिति : बैशाख ८, २०७७ सोमबार

न्युयोर्कको ब्रुकलिनमा रहेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ भेटेरान अफेयर्समामा मेडिकल ल्याब बैज्ञानिकका रुपमा कार्यरत रायन लाम्गादे कोरोनालाई जीतेपछि काममा फर्किएका छन् । मार्चको अन्तिमसातादेखि कोरोनाले थलिएका उनी अप्रिलको दोश्रोसाता पूर्णरुपमा निको भएका थिए । अप्रिल ६ मा उनलाई कोरोना संक्रमण भएको ल्याब रिपोर्ट आएको थियो ।

विगत १७ बर्षदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका र झण्डै ७ बर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका ४४ बर्षीय लाम्गादे बु्रकलिनको माउन्ट साइनाई हस्पिटल र न्युयोर्कको नर्थशोर युनिभर्सिटी हस्पिटलमा समेत ल्याब टेक्नोलोजिस्ट र मेडिकल टेक्नोलोजिस्टका रुपमा कार्यरत छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी अस्पतालबा ल्याबमा अहिलेसम्म कोरोना परीक्षण सुरु गरिएको नभएतापनि आगामी सातादेखि भने कोरोना परीक्षणको तयारी भइरहेको छ । सबै अस्पतालमा कोरोना परीक्षणका ल्याब तयार गर्नुपर्ने निर्देशन भएपछि केहीदिनपछि नै यी अस्पतालमा पनि कोरोना परीक्षण ल्याब संचालन हुनेछन् भने रायन आफैले आफैलाई आक्रमण गरेको भाइरसको परीक्षण गरिरहेका हुनेछन् ।

‘६ बर्षकी छोरीको प्राथना सुनेपछि लाग्यो – म बाँच्नुपर्छ’: कोरोनालाई जितेका न्युयोर्कका रायन

उच्च आत्मबलले भाइरसलाई पराजित गरेर अहिले उनी उच्च आत्मबलका साथ काममा फर्किएको बताएका छन् । उनी अस्पतालमा नै भर्ना नभई घरमा नै आइसोलेसनमा बसेर कोरोना भाइरसलाई पराजित गरेका थिए ।

नेपालको शोलुखुम्बुमा जन्मिएका ४४ बर्षीय रायन श्रीमति र दुईछोरीका साथमा न्युयोर्कको लङ आइल्याण्डको न्यु हाइडपार्कमा बस्दै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com