अमेरिकामा उच्च राजनीतिक पहुँचवाला प्रा. डा. बिष्णु पौडेलको भर्जिनियामा निधन


प्रकाशित मिति : बैशाख २, २०७७ मंगलबार

अमेरिकाका उच्च पदस्थ राजनीतिज्ञहरु माझ प्रभावशाली व्यक्तित्व ८९ बर्षका प्रा. डा. बिष्णु पौडेलको भर्जिनियामा निधन भएको छ । उहाँको आज विहान ११ बजे आफ्नै निवासमा निधन भएको त्यहाँबाट मेदिनी अधिकारीले जानकारी दिनुभयो । दुई छोरी र एकछोराका पिता पौडेल श्रीमति डाक्टर प्रमिला पौडेलका साथमा भर्जिनियामा बस्दै आउनुभएको थियो । डाक्टर प्रमिला पौडेलले अमेरिकी विदेश मन्त्रालयमा पूर्व बरिष्ठ अर्थशास्त्री हुनुहुन्छ ।

उहाँको विहान बसेकै कुर्सीमा निधन भएको जनाइएको छ । नर्सले पटकपटक बोलाउँदा पनि नबोलेपछि नजिक गएर हेर्दा उहाँको मृत्यु भइसकेको थियो । तत्काल फेयरफ्याक्स अस्पतालमा लगिएकोमा अस्पतालले उहाँलाई मृत घोषणा गरेको हो । उहाँको पुख्यौली घर नुवाकोट हो ।

झण्डै  ५० बर्ष भन्दा अगाडि अमेरिका आउनुभएका पौडेल अमेरिकाका डेमोक्रेटिक उच्च पदस्थ राजनीतिज्ञहरुमाझ निकै प्रभावशाली व्यक्तित्व हुनुहुन्थ्यो भने उहाँलाई नेपालका लागि अमेरिकी राजदूत बनाउनका लागि डेमोक्रेटिक पार्टीका नेताहरुले तीनपटकसम्म सिफारिस गरेका थिए । उहाँ भारतीय कैयन राजनीतिज्ञहरुमाझ पनि चर्चित र प्रभावशाली व्यक्तित्व हुनुहुन्थ्यो ।

विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका उहाँबाट साउथ एशिया क्षेत्रको नीति निर्माणका सन्दर्भमा अमेरिकी विदेशमन्त्रालयले समेत परामर्श लिने गरेको थियो । नेपाली, हिन्दी, अँग्रेजी र संस्कृत भाषामा समेत उच्च दख्खल राख्ने पौडेलले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गर्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि २०२२ सालमा धनकुटा क्याम्पसमा क्याम्पस प्रमुख समेत हुनुभएका पौडेल अमेरिकामा प्राध्यापमकका रुपमा आउनुभएको थियो भने पछिल्लो समय भर्जिनियाको अमेरिकन कलेज अफ कमर्श एण्ड टेक्नोलोजीमा प्रोफेसर हुनुहुन्थ्यो । उहाँ उक्त कलेजको बोर्ड अफ ट्रस्टीको चेयर समेत हुनुहुन्थ्यो ।

उहाँ इक्वालिटी फाउण्डेशनका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो भने अमेरिकाको पुरानो नेपाली संस्था एनएनएका उपाध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँको निधनले अमेरिकाको नेपाली डायस्पोरामा अपुरणीय क्षति पुगेको सामाजिक व्यक्तित्व इक्वालिटी फाउण्डेशनका सीईओ तथा एएनएका वर्तमान अध्यक्ष मेदिनी अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो – ‘अमेरिकामा यो स्तरमा उच्च राजनीतिक तहसम्म पहुँच कायम गर्ने नेपाली मुलको व्यक्ति अरु कोही थिएन । उहाँको निधनबाट हामी स्तब्ध भएका छौं ।’

पछिल्लो समय उहाँले भारत र अमेरिकामा उच्च राजनीतिक तहमा आफ्नो पहुँचको सदुपयोग गरेर नेपालको हितमा काम गर्ने सोंचमा उहाँमा रहेको तथा त्यही अनुरुप नेपालका प्रधानमन्त्री लगायत उच्च राजनीतिक नेतृत्वलाई भेटेर यो विषयमा कुराकानी समेत भएको अधिकारीले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com