हट्टाकट्टा देखिने गुरुङको बेलायतमा कोरोना संक्रमणबाट आज निधन


प्रकाशित मिति : बैशाख १, २०७७ सोमबार

कोरोना भाइरसको संक्रमणले बेलायतमा थप एक जना नेपालीको मृत्यु भएको छ । यो समाचार त्यहाँबाट प्रकाशित हुने नेपाली लिंकले प्रकाशित गरेको छ । 

६५ वर्ष उमेरका ‘हट्टाकट्टा’ देखिने भूपू गोर्खा लक्षिणबहादुर गुरुङको सोमबार बिहान ७ बजे निधन भएको हो ।

बेलायतको रेडिङमा बस्दै आएका गुरुङको स्थानीय रेडिङ बर्कशायर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पछिल्लो १०/१२ दिनअघि अस्पताल भर्ना भएका गुरुङ १ सातादेखि ‘भेन्टिलेटर’मा थिए । उनमा कोरोनाको संक्रमण पुष्टी भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मृतक गुरुङका श्रीमती र दुई छोरी बेलायतमै छन् भने अर्की एक छोरी नेपालमा छन्। पुख्र्यौली घर कास्कीको घान्द्रुक भएका उनको पछिल्लो समय पोखराको दीपमा पनि घर थियो । घान्द्रुक समाज रेडिङमा समेत उनी केहि वर्ष पहिला अध्यक्ष थिए ।

‘६ जिआर डब्लुओ २’ का रिटायर्ड गोर्खा गुरुङ निकै हट्टाकट्टा र तन्दुरुस्त देखिन्थे ।  धुमपान, मद्यपान केहि गर्दैनथे ।

अहिलेसम्म सार्वजनिक भएअनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली ८ पुगेका छन् । जसमध्ये ६ जना पूर्व गोर्खा सैनिक छन् ।

यसअगाडि लन्डनमा शनिबार लण्डनमा निधन भएको ३८ वर्षीया पुष्पा घलेको निधनको कारण ह्दयघात बताइएको थियो । असजिलो महशुस गरेपछि वेष्ट मिडलसेक्स अस्पताल लाने बित्तिकै उनको मृत्यु भएको जनाइएको छ । पारिवारिक श्रोतले उनको मृत्यु ‘कोभिड १९’ बाट नभएको जनाएको छ ।

पोखरा घर भई हाल सडवरी टाउन बस्ने घले केयर होममा कार्यरत थिइन् ।स्वर्गीय घले श्रीमान डिल्लीमान गुरुङ र ८ महिनाको छोरासंग बस्दै आएकी थिइन् ।

उनको गत वर्ष सडवरी चर्चबाटै बिहे भएको थियो । करिब एक दशक अघि बेलायत आएकी पुष्पाले हालैमात्र ब्रिटिश नागरिकताका लागि आवेदन दिएकी बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com