वाइपास सर्जरी गरेर बाँचेका स्याङ्जा वालिङका मल्लको कोरोनाबाट बेलायतमा निधन


प्रकाशित मिति : चैत्र २९, २०७६ शनिबार

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा शनिबार बिहान थप एक जना भूपू गोर्खा सैनिकको निधन भएको छ ।

आर्मी नम्बर २११३२९०६ का ‘क्विन्स गोर्खा सिग्नल्स’ का ‘स्टाफ सार्जेन्ट’ ८६ वर्षीय बहादुर मल्लको स्वीन्डनस्थित ‘ग्रेट वेष्टर्न हस्पिटल’मा निधन भएको हो ।

मृतक बेलायतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुने सातौं नेपाली र पाँचौं भूपू गोर्खा सैनिक हुन् ।

स्वास्थ्यस्थिति कमजोर बन्दै गएपछि चार दिनअघि अस्पताल भर्ना गरिएका मल्लको उपचारकै क्रममा शनिबार बिहान करिब तीन बजेतिर मृत्यु भएको जानकारी क्षेत्री समाज बेलायतका अध्यक्ष राजन कुमार क्षेत्रीले नेपाली लिंकलाई गराए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेलायतको स्वीन्डनमा बस्दै आएका मल्ललाई ज्वरो, रुघाखोकी, पखाला, वान्ता लगायतका समस्या भएपछि अस्पताल लगिएको थियो । अस्पताल भर्ना भएको ४८ घण्टापछि उनमा कोरोनाको पुष्टि भएको क्षेत्रीले बताए ।

सन् २००४ देखि आफ्ना छोराबुहारी नारायण मल्ल र शान्ता मल्लका साथ बेलायतको स्वीन्डनमा बस्दै आएका मृतकका तीन छोरी र एक छोरा छन् । नेपालमा स्याङ्जा जिल्लाको वालिंग घर भएका मल्लको यसअघि नै हंगकंगमा ‘वाइपास सर्जरी’ गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

मल्लको मृत्युसँगै बेलायतका कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ७ पुगेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com