बेलायतमा कोरोनाबाटै अर्का गोर्खा मेखबहादुरको निधन : दुई दिनमा मात्रै ४ नेपालीको निधन


प्रकाशित मिति : चैत्र २७, २०७६ बिहीबार

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप एकजना नेपालीको निधन भएको छ । बेलायतको ननिटन क्षेत्रमा बस्दै आएका ५६ वर्षीय पूर्व गोर्खा मेखबहादुर गुरुङको बुधबार निधन भएको हो । यो समाचार त्यहाँबाट प्रकाशित हुने नेपाली लिंकले प्रकाशित गरेको छ । 

नेपालमा पर्वत जिल्लाको महाशिला गाउँपालिकाअन्तर्गत भोक्सिङ देउराली घर भएका गुरुङ श्रीमतीसहित बेलायत बस्दै आएका थिए । मृतक गुरुङलाई कोरोनाको संक्रमण पुष्टी भएको र अस्पतालमा उपचारकै क्रममा निधन भएको जानकारी पर्वत वेल्फेयर सोसाइटी यूकेका अध्यक्ष नेत्र आलेले दिए ।

मृतक गुरुङकै २/२ जिआर पल्टनका नम्बरी समेत रहेका आलेले नेपाली लिंकसंग भने, ‘सुरुमा आइसोलेसनमा बस्नुभएको थियो । पछि व्यथाले च्याँप्दै गएर अस्पताल भर्ना भएकोमा उपचारकै क्रममा अस्पतालमा निधन भएको हो ।’

तीनसातामा बेलायतमा तीन पूर्व गोर्खासहित ५ नेपालीको मृत्यु, हिजो र आजमात्र तीन

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पल्टनमा लामो समय संगै बिताएका मृतक गुरुङलाई आलेले एक ‘स्मार्ट स्पोर्टम्यान’ का रुपमा सम्झिए । ‘निकै स्मार्ट र फिट हुनुहुन्थ्यो । सबै खालका खेलहरुमा उहाँ निकै राम्रो हुनुहुन्थ्यो’, गुरुङको असामयिक निधनबाट स्तब्ध उनले सुनाए, ‘गत वर्षको नम्बरी भेलामा पनि भेटेका थियौं । अर्को वर्ष के हुन्छ थाहा छैन, भेटेको बेला फोटो खिचौं भन्नुभएको थियो । आज उहाँले बोलेजस्तै भएको छ ।’

मृतक गुरुङलाई अरु कुनै गम्भीर स्वास्थ्य समस्या रहेकोबारे आफुलाई थाहा नभएको नम्बरी आलेले बताए ।

बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या आधा दर्जन पुगिसकेको छ । पछिल्लो दुई दिनमा मात्रै ४ जना नेपालीको निधन भएकोे छ । मृतकहरुमध्ये धेरै पूर्व गोर्खा सैनिकहरु नै छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com