एनआरएनको अनियन्त्रित पत्राचारले संस्थाको मर्यादा घटाउदै


प्रकाशित मिति : चैत्र १६, २०७३ बुधबार

-अग्नि चौलागाईं

गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समिति अमेरिका कहिलेबाट सुरु भएको भन्ने विवादको परिभाषा दिने क्रममा एनआरएनए का क्षेत्रीय संयोजक, संयोजक ले केही समय पहिले पत्राचार गरे लगतै केन्द्रबाट महासचिव बद्रि के.सी.ले संस्थाको आधिकारिताको बारेमा पत्राचार गरेकाछन । केन्द्रमा समेत विधानको व्याख्याको लागि एउटा समिति भएको अवस्थामा सो समितिको निर्णय बेगर महासचिवले पत्राचार गरेको भन्दै पुन: अध्यक्षबाट अर्को पत्राचार हुने सम्भावना रहेको छ ।

हरेक बिहान केन्द्रबाट अर्को कुन पत्र आउँछ भनी हेर्ने अवस्था रहयो भने सो नेतृत्वले कसरी आम प्रवासीहरुको समस्या समाधान गर्ला सोचनीय विषय हो ।

अहिलेको विवाद भनेको केन्द्रीय विधानको परिच्छेद-७, धारा २३.११ मा तीन कार्यकाल पुरा भएको राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा उठ्नको लागि कम्तीमा राष्ट्रिय समन्वय परिषद् वा केन्द्रमा एक कार्यकाल काम गरिसकेको हुनु पर्ने प्रावधान रहेको हुँदा एनआरएन अमेरिकाले बिधिबत मान्यता सन् २००६ मा न्याकको रूपमा एनसिसि कार्य गरेको मितिबाट पाउने कि नपाउने भन्नेमा रहेको छ ।
दोस्रो विवाद भनेको परिच्छेद-७, धारा ३१ मा रहेको विधानको व्याख्या गर्ने अधिकार अन्तर्राष्ट्रिय समन्वय परिषदबाट स्थापित समितिमा अन्तर्निहित रहनेछ भनी उल्लेख भएको हुँदा कुनै पनि राष्ट्रिय समन्वय परिषदमा विवाद भएको खण्डमा सो को केन्द्रमा पत्राचार गरी प्रकृयागत ढङ्गले समाधान गर्न सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले सम्म भएका पत्राचारहरु अमेरिकाको आसन्न निर्वाचनमा को अध्यक्षमा उम्मेदवार हुन पाउने र को नपाउने भन्ने सवालमा मात्र केन्द्रित भएको देखिन्छ । अहिले सम्म निर्वाचन समितिले आफ्नो कार्यतालिका प्रकाशन समेत नगरेको, कुनै उम्मेदवारी नपरेको, एनआरएन अमेरिका कहिले देखि कायम भएको हो भनी कार्यसमिति, निर्वाचन समिति वा न्यायिक समिति समेतले केन्द्रमा पत्राचार नगर्दै सबैले पत्राचार गर्नु भनेको उठानै नभएको विषयमा केन्द्रीय पद्धति बेगर आफूखुशी जस्लाई जे मन लाग्यो लेखि पठाउने शैलीमा चलेको देखिन्छ ।

एनआरएन अमेरिका विश्वमा सबै भन्दा बढी सदस्य सङ्ख्या भएको कारण यसबाट केन्द्रमा जाने प्रतिनिधिको सङ्ख्यासमेत उल्लेख्य रहने हुँदा आगामी चुनावलाई मध्यनजर गर्दै केन्द्रीय नेतृत्व लिने तयारीमा रहेकाबर्तमान अध्यक्ष कुमार पन्त र भवन भट्टको समेत अप्रत्यक्ष संलग्नता रहेको बताईन्छ ।

आफू निकटको उम्मेदवारलाई जिताउन सकेको खण्डमा प्रतिनिधि समेत सोही अनुकूल छनौट गर्दै केन्द्रीय नेतृत्वमा बाजी मार्ने दाउमा यस्ता पत्राचार भइरहेको बताईन्छ ।

यता अमेरिकाको चुनावको लागि विधानमा तोकियाको मितिमा चुनाव सम्पन्न गर्न असम्भव जस्तो हुँदै जान थालेको छ भने नयाँ-नयाँ विवादका रुपहरु आउँदा मे २५ मा निर्वाचन सम्पन्न गरी विजयीहरुको सुची प्रकाशन गरी जुनबाट नयाँ समितिले कार्यभार ग्रहण गर्न नसकेमा अर्को वैधानिक सङ्कट समेत खडा हुनसक्ने देखिन्छ ।

विश्वभर रहेका ७५ एनसिसिहरु कुन कहिले स्थापना भएका हुन भनी निश्चित रूपमा केन्द्रमा अभिलेख हुनुपर्ने हो । अझ केन्द्रमा अफिस भएको, कर्मचारी भएको संस्थाले सबैको अभिलेख निश्चितरुपमा राखेको होला । नेपालभन्दा बाहिर विकाश र पद्धति देखेर गएकाहरुबाट बनेको एनआरएनको केन्द्रमा उपेन्द्र महतोको पालादेखिनै संस्थालाई निश्चित रूपमा झोले रूपमा नचलाई सही अभिलेख भएको अवस्थामा यो सतही रूपमा धेरै विवाद गर्नेभन्दा पनि अभिलेख हेरी समाधान गर्ने विषय हो ।

यसर्थ सतही विवाद गर्दै संस्थालाई कमजोर बनाउने भन्दा अभिलेख पद्दतिगत ढङ्गमा जाउँ, जसले संस्थाको गरिमा बढाउने छ दिन दिनै आउने व्यक्तिगत पत्राचारबाट आम समुदायमा अन्योलको वातावरण रहने छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com