कतारबाट २ सय पाँच यात्रुसँगै आएकी थिईन काठमाण्डौमा संक्रमित भेटिएकी युवती


प्रकाशित मिति : चैत्र १०, २०७६ सोमबार

काठमाडौँमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित भेटिएकी युवती फान्सबाट कतार हुदैं दुई सय पाँच यात्रुसँगै नेपाल आएको खुलेको छ ।

कतार एयरवेजको ६५२ फलाईटबाट चैत ४ गते मंगलबार बिहान १०:३० मा काठमाडौँ त्रिभुवन अन्र्तरष्ट्रिय विमानस्थलमा अवतरण भएको उक्त विमानमा उनीसँगै २ सय पाँच यात्रु रहेको कतार एयरवेज स्रोतले जानकारी दिएको छ ।

विमानस्थल स्रोतका अनुसार फ्रान्स अध्यायनरत ती युवती नियमित चेक जाँचपछि सोही समयमा अवतरण भएका अर्को विमानका यात्रुसँगै विमानस्थलबाट बाहिरिएकी थिईन ।

फ्रान्सबाट उनिसँगै कतारसम्म आएकी भियतनामकी साथीलाई पनि कारोना संक्रमण भएको पुष्टि भएको छ । नेपालमा संक्रमित भेटिएकी युवती भियतनामकी साथीलाई कोरोना संक्रमण भएको थाहा पाएपछि टेकु अस्पतालको सम्पर्ककमा गएकी हुन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनलाई लिन काठमाडौँको निजी अस्पतालमा कार्यरत युवतीका परिवारका सदस्य समेत विमानस्थलमा गएको उनको पारिवारिक स्रोतले स्वास्थ्य मन्त्रालयका कर्मचारीसँग बताएका छन् । सङ्क्रमित युवतीबाट उनीसँगै आएका अन्य यात्रुमा समेत सङ्क्रमण भएको हुनसक्ने भन्दै सरकारले उनीहरूलाई तत्काल क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ ।

विमानस्थल स्रोतबाट सो विमान आएका सबै यात्रुको पहिचान गर्ने र उनीहरूलाई क्वारेन्टाइनमा राख्ने तयारी भएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । तर उक्त विमानमा आएका कुनैपनि यात्रु अहिलेसम्म सरकारको सम्पर्कमा छैनन । स्वास्थ्य मन्त्रालयले पर्यटन तथा नागरिक उडड्यन र गृह मन्त्रालयको समन्वयमा उनिहरुको ट्रयाक गरेर क्वारेन्टाईनमा राख्ने तयारी हिजो बेलुकीदेखी नै आन्तरिक रुपमा गरिरहेको छ ।

अहिले सङ्क्रमित भेटिएकी युवतीको काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार चैत ४ गते काठमाडौँ आएर होम क्वारेन्टाइनमा बसेकी १९ वर्षीय युवतीलाई रुघा लागेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुगेकी थिइन्। उनको तीन पटकको परीक्षणबाट कोरोना सङ्क्रमण पोजेटिभ भएको पत्ता लागेको हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com