स्थलमार्ग हुँदै राहदानीवाहक पर्यटक आगमन शून्य, स्वदेश फर्किने नेपाली दैनिक २० हजार


प्रकाशित मिति : चैत्र ९, २०७६ आईतबार

स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकाबाट राहदानीवाहक विदेशी भित्रिने क्रम शून्य भएको छ । पछिल्लो दुई दिनको तथ्याङ्कमा यस्तो देखिएको अध्यागमन कार्यालय बेलहिया प्रमुख गिरीराज खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशीहरुलाई प्रवेश दिइएको छैन । राहदानीवाहक भारतीय पनि दुई दिनयता आएका छैनन् ।”

विश्वव्यापीरूपमा कोरोना भाइरसको उच्च जोखिम बढेसँगै बेलहियाबाट आउने विदेशीको सङ्ख्या शून्य भएको हो । राहदानीवाहक पर्यटक नेपाल प्रवेश शून्य भएको छ । अध्यागमन कार्यालय बेलहियाका अनुसार बुधबार, बिहीबार र शुक्रबार शून्य आगमन भएकामा शनिबार दुईजना मात्रै पर्यटक नेपाल भित्रिएका छन् । यसैगरी आठजना भारततर्फ गएका छन् । आज पर्यटकको आवागमन शून्य छ ।

सन् २०१८ मा उक्त नाकाबाट एक लाख ६६ हजार २३५ विदेशी नेपाल प्रवेश गरेका थिए भने सन् २०१९ मा उक्त नाकाबाट एक लाख ६१ हजार ६९१ नेपाल प्रवेश गरेका थिए ।

यता सोही नाका हुँदै स्वदेश फर्किने नेपालीको भने सङ्ख्या दिनदिनै बढ्दै गएको छ । रोजगारी तथा पढाइका लागि भारतका विभिन्न शहरमा पुगेका नेपाली यतिबेला स्वदेश फर्किरहेको दसगजाको सहायता कक्ष ‘हेल्थ डेस्क’मा बसेका स्थानीयवासी धर्मराज गिरी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एक हप्तादेखि म यहीँ डेस्कमा छु । दैनिक करीब २० हजारभन्दा बढी नेपाली स्वदेश फिर्ता भएको देखिएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दसगजामा सिद्धार्थनगरपालिकाको अगुवाइ, स्थानीयवासीको सहभागिता तथा सुरक्षाकर्मीको सहयोगमा नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य जाँच पनि भइरहेको छ । “शरीरको तापक्रम जाँच गरेर र स्यानिटाइजरले हात धुवाएर मात्रै नेपाल प्रवेश गर्न दिइएको छ”, स्थानीय बासिन्दा रमेश थापाले भन्नुभयो ।

भारतमा भारत सरकारले जनता कफ्र्यू लगाएपछि र भारतीय विभिन्न शहरमा कोरोना सङ्क्रमित देखिएको समाचार बाहिरिएपछि अधिकांश भारतीय पनि नेपाल आइरहेको बताइएको छ । भारतको गोरखपुर, बनारस, लखनऊ, दिल्ली, पञ्जाब, बम्बई, बैङ्गलोर, चेन्नईलगायत क्षेत्रबाट बेलहिया नाका हुँदै स्वदेश फर्किनेहरु नेपाल प्रवेश गरेका हुन् । सरकारले नेपाल–भारत बस सेवा बन्द गरेको भए पनि र भारतमा सार्वजनिक यातयात बन्द भए पनि निजी सवारीसाधन बुक गरेर आउनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com