कोरोना भाइरसका विरामी फेला परेका छैनन् : नर्भिक हस्पिटल


प्रकाशित मिति : चैत्र ८, २०७६ शनिबार

नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोना भाईरस संक्रमणको विषयलाई लिएर फेसबुक लगायतका सामाजिक सञ्जालमा सम्प्रेषण भएको सूचना भ्रामक भएको भन्दै खण्डन गरेको छ ।

शनिबार विहानै देखि फेसबुक लगायत समाजिक सञ्जालमा नर्भिक अस्पतालमा ८ जना कोभिड १९ का विरामी भेटिएको भन्ने भ्रामक र झुटा सूचना प्रेषित भएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अस्पतालले संकटका बेला भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गरेको छ ।

विश्वसमुदायको नै चुनौति बनेको कोरोना भाईरसको संक्रमण भित्रन नदिने राज्य जुटिरहेको संवेदनशील अवस्थामा सबै निकाय एक भई समस्याको समाधानमा जुट्नुपर्ने बेला यस्ता भ्रामक सूचना आउनु खेदपुर्ण भएको भन्दै भ्रम फैलानेलाई कारवाही गर्न पनि माग गरेको छ ।

अस्पतालका नायव महाप्रबन्धक एवं प्रवक्ता आर पी मैनालीले उपचाररत कुनै पनि विरामीमा कोरोना भाईरसको लक्षण नदेखिएको स्पष्ट पार्नुभयो । उहाँले अस्पतालले कोरोना संक्रमणको जोखिमबाट बच्च र बचाउनका लागि आवश्यक सम्पुर्ण तयारी गरेको स्पष्ट पार्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com