कर्मचारीलाई उपत्यका नछाड्न स्वास्थ्य मन्त्रालयको निर्देशन


प्रकाशित मिति : चैत्र ७, २०७६ शुक्रबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदाको दिनमा समेत कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न कर्मचारीलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौंमा रहेका १८ वटा विभाग, अस्पताल तथा प्रयोगशालालाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिब प्रमोद सिंखडाले महामारीको रुपमा फैलिरहेको कोभिड–१९ रोगको संक्रमण नेपालभित्र रोक्ने कार्यको व्यवस्थापनका लागि कर्मचारीलाई उपत्यका नछोड्न निर्देशन दिइएको जानकारी दिनुभएको छ । उहाँले मन्त्रालय अन्र्तगतका विभागरकार्यालयमा कार्यरत सह–सहसचिब स्तरका कर्मचारीहरु र विभागीय प्रमुखहरु सार्वजनिक विदाको दिन समेत कार्यालयमा उपस्थित भई कामकाज गर्नुहुने निर्णय गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिब स्तरीय बैठकबाट उक्त निर्णय लिइएको हो । निर्णय बमोजिम उप–सचिब र अधिकृतस्तरका कर्मचारीहरुले काठमाडौं उपत्यका नछाड्न निर्देशन दिइएको छ ।

मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि उपत्यकाभित्रका १८ वटा अस्पताल, विभाग, प्रयोगशालालाई पत्राचार गरेको छ । स्वास्थ्य सेवा विभाग, टेकु, औषधि व्यवस्था विभाग, बिजुलीबजार, आन्तरिक प्रशासन शाखा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुर, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, कान्ति बाल अस्पताल, मानसिक अस्पताल रहेको छ । उक्त निर्णय नरदेवी आयुर्वेद चिकित्सालय, पशुपति होमियोप्याथिक चिकित्सालय र राष्ट्रिय औषधी प्रयोगशालामा कार्यान्वयनका लागि पत्राचार गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com