पूर्वमिस नेपाल उषा खड्गी १७ वर्षे वैवाहिक सम्बन्ध तोड्दै !


प्रकाशित मिति : चैत्र ४, २०७६ मंगलबार

पूर्वमिस नेपाल उषा खड्गी र जिपी तिमिल्सिना अलग्गिने भएका छन् । सन् २००० की मिस नेपाल उषाले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस राख्दै सञ्चारकर्मी जिपी तिमिल्सिनाको वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाउन लागेकाे भन्दै लेखेकी थिइन्, तर उनले साे स्टाटस केही घण्टामा नै हटाएकी छिन् ।

उनले सो स्टाटसमा विवाहपछि आफूमाथि निरन्तर हिंसा भएको र यही कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको उनले लेखेकी थिइन । आफ्नो आधिकारिक फेसबूकमा एक स्टाटस लेख्दै उनले भनेकी थिइन्, ‘यदि तपाईं बिहेको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन आधार छैन, अब म ‘नो’ भन्छु ।’

केही समययता देखी नै सम्बन्धमा केही वर्षयता दरार आएको भएपनि खड्गी र तिमिल्सिना दुवैले नकार्दै आएका थिए । साथै, उनले अब सन्तानको अधिकारका लागि लड्ने पनि बताएकी छिन् । जिपी र उषाले प्रेमविवाह गरेका थिए । झण्डै १७ वर्ष साथै बसेपछि यी दुईले छुट्टिने निर्णय गरेका हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com