प्रचण्डलाई अभद्र ब्यवहार गर्ने कुँवरलाई लाग्यो यस्तो अभियोग


प्रकाशित मिति : चैत्र ३, २०७६ सोमबार

बानेश्वरस्थित संसद भवनबाट पक्राउ परेका पदम कुँवरलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान थालेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट मुलुकी अपराध संहिताको अभद्र व्यवहार सम्बन्धी कसूरमा म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको हो ।

बानेश्वरका प्रहरी प्रमुख डीएसपी दुर्गाराज रेग्मीले प्रशासनले अनुसन्धानका लागि ७ दिन म्याद दिएको र उनि शनिबार साँझ पक्राउ परेको बताउनुभयो । कुँवर सात वर्ष अघि तत्कालीन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अभद्र ब्यवहार गरेर चर्चामा आएका थिए ।

प्रहरी अधिकृतहरुका अनुसार शनिबार संसद भवनको शौचालयमा प्रवेश गर्न खोज्दा कुँवरको सुरक्षाकर्मीसँग विवाद भएको थियो । विवाद बढ्दै गएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । कुँवर किन संसद भवनतिर छिरे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि १ मंसिर २०६९ मा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका वेला उनले प्रचण्डलाई अभद्र ब्यवहार गरेका थिए । बाग्लुङका कुँवर त्यसवेला वैद्य माओवादीसँग आबद्ध थिए । यसपटकको उनी के नियतले संसद भवन छिरेका थिए भन्ने खुलिसकेको छैन । प्रारम्भिक बयानमा उनले ‘ठूला मान्छेहरु भेट्न पाइन्छ कि भनेर छिरेको’ भनेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com