पर्वतारोहणमा ६० करोड गुम्दै !


प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार

वसन्त ऋतु सर्वाधिक आरोहण हुने याम हो । सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणबाट सरकालाई करोडौँ सलामी जम्मा हुने मुख्य यामको मुखैमा कोभिड–१९ सन्त्रासले आरोहणलाई प्रत्यक्ष असर पारेको छ । कोरोना भाइरस डिजिसको विश्वव्यापी सङ्क्रमण बढेपछि नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पुगेको हो ।

मुलुकको पर्यटनको मुख्य आम्दानी गर्ने पर्वतारोहण क्षेत्रको वसन्त ऋतुमा हुने सबै आरोहण स्थगन गरिएको छ । यसले वार्षिक झण्डै रु ६० करोड राजश्व गुम्ने अवस्था सिर्जना भएको छ । वसन्त ऋतुको मुख्ययाममा हिमाल आरोहण रोकिँदा एक याममा मात्रै राज्यलाई झण्डै रु ५० करोड नोक्सानी हुने देखिन्छ । पर्यटन विभाग, पर्वतारोहण शाखाका अनुसार अघिल्लो वर्ष वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणबाट रु ४९ करोड ६८ लाख सलामीस्वरुप जम्मा भएको थियो ।

सगरमाथाबाट मात्रै रु ४४ करोड २३ लाख राजश्व उठेको थियो । यस वर्ष पनि वसन्त ऋतुमा उल्लेख्य आरोहण हुने अपेक्षा गरिएको थियो । विभागका अनुसार अघिल्लो वर्ष सबै यामको आरोहणबाट रु ५६ करोड राजश्व उठेको थियो । यस वर्ष रु ६० करोड सलामी उठाउने लक्ष्य थियो । विदेशी नागरिकले वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । यस्तै शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ ।

यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा रु ७५ हजार, शरद् ऋतुमा रु ३७ हजार ५०० र गर्मी याममा रु १८ हजार २५० सलामी तिर्नुपर्ने व्यवस्था छ । सन् २०१९ को वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ९१८ आरोहीले आरोहण अनुमति लिएकामा ६४४ आरोहीले सफल आरोहण गरेको विभागले जनाएको छ । अघिल्लो वर्ष वैशाख ३० देखि जेठ ११ गतेसम्म सगरमाथा आरोहण भएको थियो । सन् २०१८ को वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३८ आरोहण समूहबाट ३४६ आरोहीले अनुमति लिएका थिए । त्यस्तै सन् २०१७ मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही समूहले आरोहण अनुमति लिएका थिए । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य एक हजार ३०० भन्दा बढी हिमाल रहेको बताइन्छ । कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि उच्च सतर्कता अपनाउँदै यस वर्ष वसन्त ऋतुको सबै आरोहण स्थगन गर्ने बिहीबारको कोरोना नियन्त्रण उच्चस्तरीय समितिले निर्णय गरेको थियो । सोही निर्णयका आधारमा पर्यटन विभागले जरुरी सूचना जारी गर्दै आरोहण स्थगन गरिएको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘माननीय उपप्रधानमन्त्रीले नेतृत्व गर्नुभएको उच्चस्तरीय समितिले मिति २०७६ फागुन २९ मा नेपालमा पर्वतारोहण गर्ने गरी सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएका वा जारी गरिने अनुमतिपत्र हाललाई स्थगित गर्ने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।नेपालमा अहिलेसम्म कोरोनाको सङ्क्रमण देखिएको छैन । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिमयुक्त मुलुकमा राखेपछि कोरोनाको त्रासले पर्यटन मात्र नभई सबै क्षेत्रमा तरङ्ग पैदा भएको छ । विशेषगरी मुलुकको समग्र अर्थतन्त्रलाई नै असर पुगेको सरोकार राख्नेहरु बताउँछन् ।

पर्यटनको मुख्य क्षेत्र होटल व्यवसाय, नागरिक उड्डयनलगायत क्षेत्रमा कोरोनाको प्रभाव परेको छ । अहिले होटल क्षेत्रमा मुश्किलले १५ देखि २० प्रतिशत औसत व्यापार तथा आन्तरिक हवाई उडानमा झण्डै ५० प्रतिशत व्यवसायमा गिरावट आएको सम्बद्ध अधिकारीले विज्ञप्ति निकालेर जनाइसकेका छन् । यता वसन्त ऋतुको मुखैमा बढी राजश्व उठ्ने क्षेत्र पर्वतारोहणबाट पनि राज्यले करौडौंँ गुमाउनुपर्ने अवस्था आएको हो । वसन्त ऋतुको आरोहणका लागि यतिखेर पर्यटन विभागलाई भ्याइनभ्याई हुन्थ्यो तर अहिले विमागका कर्मचारी फुर्सदिला छन् । वसन्त ऋतुका लागि चैत र वैशाख महिनामा आरोहण अनुमति जारी गर्न विभागलाई हम्मे हुन्थ्यो । विभागको पर्वतारोहण शाखाका रामेश्वर निरौलाका अनुसार विभागबाट आजदेखि सबै हिमाल आरोहणको अनुमति बन्द गरिएको छ । बिहीबारसम्म साना हिमाल आरोहणका लागि पाँच वटा अनुमतिपत्र जारी भएको थियो । त्यस्तै सगरमाथा र ल्होत्से हिमालको पूर्वअनुमति दिइएको थियो । यसमा केही रकम पनि विभागले लिइसकेको छ । सगरमाथाको १० प्रतिशत र अन्य साना हिमालको पाँच प्रतिशत रकम अनुमतिपत्र जारी अगावै बुझाउनुपर्ने हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com