प्रधानमन्त्री आफैले दार्‍ही काटेर चिटिक्क !


प्रकाशित मिति : फाल्गुन २८, २०७६ बुधबार

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना केही नियमित काम समेत गर्न थाल्नुभएको छ।प्रधानमन्त्री ओलीले गत बुधबार दोस्रो पटक मृर्गौला प्रत्यारोपण गर्नुभएको हो । उहांले आफ्ना नियमिति काम आफै गर्न थालेको र बुधवार आफैले दार्‍ही काट्नुभएको उहांका प्रेस सल्लाहकार सुर्य थापाले बताउनुभयो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार भइरहेको र नियमित हिडडुल र व्यायाम गर्ने गरेको पनि बताइएको छ । उहांलाई डिस्चार्ज गर्ने भनिएको भएपनि प्रधानमन्त्री निवासमा आवश्यक तयारी नपुगेका कारण रोकिएको छ ।

केही समय भेटघाट र बैठकमा सहभागी हुन नहुने भएकाले त्यसका लागि आवश्यक तयारी सुरु गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले आफै दाह्री काटनुभएको जानकारी दिनुभयो उहांले लेख्नुभएको छ– ‘सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्यलाभ अपेक्षित गतिमा भइरहेको छ । उहाँले हिडडुल र नियमित व्यायाम गरिरहनुभएको छ  आफैले दार्ही काट्नुभएको छ . स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेको छ ।’ पनि उल्लेख गर्नुभएको छ ।

यता शिक्षण अस्पतालमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा निश्चिन्त र विश्वस्त नभएसम्म प्रधानमन्त्रीलाई डिस्चार्ज नदिने चिकित्सकहरुले भनाई छ । प्रधानमन्त्री ओलीले भने सोमवार नै आफुलाई अस्पतालवाट विदा दिन चिकित्सकसंग आग्रह गर्नुभएको थियो डिस्चार्जपछि पनि संक्रमण कोड र कायम हुने भएकाले प्रधानमन्त्री ओली पहिलेकै अवस्थामा पुग्न एक वर्ष लाग्ने प्रधानमन्त्रीका नीजि चिकित्सक डा. दिव्या सिंह शाहले बताउनुभयो । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका डा. प्रेम ज्ञवालीले बुधबारसम्ममा डिस्चार्ज गर्ने बताताउनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com