विद्यार्थीलाई चरम यातना दिने शिक्षिका गिरफ्तार


प्रकाशित मिति : फाल्गुन २५, २०७६ आईतबार

भनिन्छ, स्कुल बच्चाका लागि शिक्षा आर्जन गर्ने घर हो, शिक्षिका माया गरेर ज्ञान दिने आमा हुन्, त्यसैले त शिक्षिकालाई गुरुआमा भन्ने गरिन्छ । यो भनाइलाई चुनौती दिँदै स्कुलका विद्यार्थीलाई चरम यातना दिँदै अमानवीय व्यवहार गर्ने एक शिक्षिका अन्तत ः कारवाहीमा परेकी छिन् ।

कक्षा ६ र ७ का ३४ जना विद्यार्थीको पाखुरामा धारिलो ब्लेड चिराचिरा पर्ने गरी काट्न लगाएर विद्यार्थीलाई यातना दिने जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यललाई विद्यालयले निष्कासन गरेको छ भने प्रहरीले उनलाई पक्राउ गरेको छ ।

विद्यार्थीलाई यातना दिएर हात काट्न लगाउने शिक्षिका कर्माचार्यलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले आज पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्रका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले घटनाको बारेमा आज जानकारी पाए लगत्तै पक्राउ गरेको जानकारी दिनुभयो ।

शिक्षिकालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान शुरु गरेको जानकारी दिनुभयो । जागृति एकेडेमीमा विगत १२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका कर्माचार्यले अघिल्लो साता लिएको नियमित कक्षागत परीक्षामा राम्रो अङ्क ल्याउन नसकेको भन्दै यहीँ फागुन २२ गते बिहीबार विद्यार्थीलाई वेञ्चबाट उठाएर शारीरिक र मानसिक यातना दिएकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कक्षा ६ मा पढ्ने सविन तामाङले जहिले पनि गाली गर्ने, कुट्ने मिसले त्यस दिन त सिसाकलम ताछ्ने ब्लेडले हात काट्न लगाएको बताए । परीक्षा कै दिन राम्रो अङ्क नल्याउने विद्यार्थीको हात चिरिदिन्छु भनेर धम्की दिएको बताउँदै उनले टेलिफोनमा भने–“मिसदेखि सबै साथीहरु डराउँछन्, जाँच कै दिन नम्बर कम ल्याउनेको हात काटिदिन्छु भन्नु भएको थियो, त्यस दिनपछि कम नम्बर ल्याएको भन्दै सबैलाई गाली गर्नुभयो, अनि सबैलाई वेन्चमा उठाउनुभयो, पेन्सिल ताछ्ने ब्लेट झिकेर हात चिर तिमीहरुलाई त्यही हो सजाय भनेर भन्नुभयो, नमान्नेलाई गाली गर्दै आफँै काटिदिन्छु भनेर तर्साएपछि डराएर हात काट्यौँ ।”

जडिबुटी बस्ने सविनले २० माक्र्समा पाँच माक्र्स मात्रै ल्याएपछि हात काट्न लगाएको बताउँदै त्यसरी हात काट्दा तिमीलाई अझ पुगेन भन्दै अझै कडा सजाय दिने भनेर तर्साएको बताउनुभयो । कक्षागत परीक्षामा उतीर्ण हुन आठ माक्र्स ल्याउनपर्छ तर १५ माक्र्सभन्दा कम ल्याउनेलाई शिक्षिकाले यातना दिएकी छिन् ।

परीक्षामा पाँच माक्र्स मात्रै ल्याउने सविनको दब्रे नाडीमा २० ठाउँमा छियाछिया हुने गरी चिरिएको उनले बताए । कक्षा ६ कै अरुण तामाङको पनि परीक्षामा पाँच नम्बर मात्रै आएको छ । उनको नाडीमा १६ ठाउँमा, ९।५ अङ्क ल्याउने कक्षा ६ कै अमृत गौतमको नाडीमा सात ठाउँमा, १४।५ नम्बर ल्याएका कक्षा ६ का सार्थक श्रेष्ठको एक ठाउँमा चिरिएको उनीहरुले बताउनुभयो ।

यतिसम्म परीक्षामा १३।५ नम्बर ल्याएको भन्दै सोही विद्यालयका प्रिन्सिपल राजनकुमार श्रेष्ठका छोरा आर्यको नाडीमा एक ठाउँमा चिरिएको छ । शिक्षिका कर्माचार्यले कक्षा ६ का आकृति रेग्मी, रेसिका लामा, आर्य तामाङ, सविन तामाङ, रेश्मा गिरी, अर्पन घिमिरे, कृस्टिन श्रेष्ठ, नीतेशकुमार मण्डल, रोहन बुढाथोकी, सुनीता कार्की, वर्षा बुढाथोकी, सार्थक श्रेष्ठ, आदर्श चौधरी, विपसा गौतम, अस्मी थापामागर, प्रज्ज्वल थापा, रितेश ढुङ्गेल, रेश्मा थापामगर र काजोल यादव, विवेश चौधरी, अजय विके, भीष्म बढू, अमृत गौतम, रोहन गुरुङ र राजु श्रेष्ठ र कक्षा ७ का सामना दाहाल, दृष्टि, प्रदीप्ति, सन्देश, असिम, भुवन, सन्दीप, सुप्रिया र वर्षाको हात काट्न लगाएको स्कुलले जानकारी दिएको छ ।

शिक्षिका कर्माचार्यले विद्यार्थीलाई मानसिक यातना दिने गरेको पाइएको छ । सोही दिन शिक्षिका कर्माचार्यले कक्षा ६ मा अध्ययनरत आकृति रेग्मीकी आमा उमा रेग्मीलाई फोन गरेर क्लास टेष्टमा नम्बर कम ल्याएकाले छोरीको हातमा काट्न लगाएको बताउँदै भोलि उनलाई त्यही घाउँमा नुन खुर्सानी लगाइदिन्छु भनिदिनुहोला भनेको जानकारी दिनुभयो ।

विद्यालयका प्रिन्सिपल राजनकुमार श्रेष्ठले भन्नुभयो, “केही दिनअघिको क्लास टेष्टमा कम नम्बर ल्याएको भन्दै याताना दिएको पाइयो, कक्षा ६ मा अध्ययनरत २५ र सातमा अध्ययनरत नौ विद्यार्थीको नाडी चिरिएको रहेछ, सोसल साइन्स पढाउने शिक्षिकाबाट यस्तो काम भएको हो, यो क्षमा दिन नसकिने गल्ती भएकाले शिक्षिका कर्माचार्यलाई विद्यालयले कारवाही गर्दै निष्काशन गरेको छ ।” बिहीबारको घटना भए पनि आफूले शुक्रबार मात्रै थाहा पाएको बताउँदै उहाँले शिक्षिकाबाट अमानविय व्यवहार भएको बताउनुभयो ।



के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com