पाठेघरको मुखमा हुने क्यान्सर परिक्षण अब सबै जिल्लामा


प्रकाशित मिति : चैत्र ९, २०७३ बुधबार

काठमाडौं । स्वास्थ्य मन्त्रालयले यसै आर्थिक बर्षभित्रमा देशभरका सवै जिल्लामा पाठेघरको मुखमा हुने निःशुल्क क्यान्सरको परिक्षण –VIA Test Screening ) सेवा सुरु गर्ने भएको छ ।

नेपालका अधिकांश महिलाको मृत्युको मुख्य कारणको रुपमा रहेको पाठेघरको मुखमा हुने क्यान्सर न्युनिकरणका लागि मन्त्रालयले देशभरी सेवा विस्तार गर्ने भएको हो ।

नुवाकोटको विदुरमा भएको प्रजनन् स्वास्थ्य मेलालाई पठाउनु भएको शुभकामना सन्देशमा मन्त्री थापाले महिला संवन्धी रोगहरुको उपचार सेवा र चेतना बृद्धिका कार्यक्रमहरु तिव्ररुपमा विस्तार गरिने उल्लेख गर्नुभएको छ ।

नुवाकोटमा भएको जस्तो प्रजनन स्वास्थ्य मेला देशभरका २० ठाउमा संचालन गरिने उहाँले जानकारी दिनुभयो ।  त्यस्तैे पाठेघरको मुखमा क्यान्सर हुन रोक्ने एचपीभी भ्याक्सीन दिने कार्यक्रम अहिले चितवन र कास्कीमा संचालन भईरहेको उहाँले सन्देशमा उल्लेख गर्नु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आगामी बर्षदेखि यस्ता कार्यक्रम क्रमश सवै गाँउपालिका, नगरपालिका र स्थानीय स्वास्थ्य संस्थासम्म पुर्याउने मन्त्रालयको लक्ष्य रहेको मन्त्री थापाको भनाई छ ।

महिलाको पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगिन जति सजिलो छ, क्यान्सर भर्ईसकेपछि जीबन जोगाउन त्यति नै गाह्रो छ भन्नुहुदै स्वास्थ्य मन्त्री थापाले यसको रोकथाम निकै सजिलो र सस्तो भएकाले त्यसलाई उपयोग गर्नपनि सवैलाई आग्रह गर्नुभएको छ ।
स्वस्थ जीवनशैली अपनाउन र नियमित स्वास्थ्य परिक्षण गर्न मन्त्री थापाले सवैलाई आह्वान गर्नु भएको छ ।

मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य महाशाखाको आयोजनामा मेलामा मिनिल्याव, परिवार नियोजन, यौन रोग, आङ खस्ने, पोषण लगायतका विषयमा परामर्श तथा उपचार सेवा दिइएको छ । महाशाखाका प्रमुख डा नरेशप्रताप केसीले २७१ जनाको परिक्षण गरिएको जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com