आज आईजीपी छनौटमा ऐतिहासिक निर्णयको अपेक्षा


प्रकाशित मिति : चैत्र ७, २०७३ सोमबार

-राधाकृष्ण देउजा

आज नेपाल प्रहरीको आइजीपी छनोट सम्वन्धि विवादमा सम्मानित सर्वोच्च अदालतले आज एउटा ऐतिहासिक फैसला गर्ने आशा गर्न सकिन्छ ।

प्रश्न सर्वोच्च अदालतले कसलाई जिताउँछ वा हराउँछ भन्ने हैन , प्रश्न चाहिँ न्यायलाइ मर्न दिइन्छ वा दिइन्न भन्ने हो । संविधान, नियम , ऐन नियमको मर्मलाइ जीवित राखिन्छ वा राखिन्न भन्ने हो र लोभ लालच रहित परिचय भएकी सुशिला कार्की जस्ता न्यायमूर्ति प्रमुख रहेको न्यायलयले न्याय मर्न दिने छैन भन्ने अनुमान लगाउँदा गलत हुनेछैन होला ।

यस अर्थमा केहि हप्ताको अन्योल र अनिश्चिततालाइ चिर्दै प्रहरी संगठनले आफ्नो मुल नेतृत्व पाउने छ । सम्मानित अदालतको मार्ग निर्देशनमा टेकेर जोसुकै नेतृत्वमा पुगे पनि निजको पहिलो चुनौती भनेको संगठनलाइ एकतावद्ध राख्नु हुनेछ, प्रशासनिक अनि न्यायिक लडाईको तिक्तता भुलेर नेपाल प्रहरीलाइ एक राख्न सक्दा मात्रै अब हुने आइजीपीको सफलता हुनेछ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

अनि अदालतको न्यायिक आँखाले जसलाई आइजीपी हुन योग्य देख्दैन उसको पनि जिम्मेवारी हुनेछ नेपाल प्रहरीमा सहयोग र सहकार्यको नया अध्यायको सुरुवात गर्ने , नेपाल प्रहरीको आगामी नेतृत्वलाइ आफ्नो योग्यता , क्षमताले भ्यायसम्म सहयोग गर्ने ।

आजको दिनबाट नेपाल प्रहरीले शान्त , सुरक्षित र अपराध रहित समाज निर्माणको नया बिगुल फुक्न सकोस, नेपाल प्रहरीको नेतृत्व भनेको काँग्रेस , एमाले, माओवादी वा अरु कुनै दलको गुलाम हैन नेपाल र नेपालीको सेवामा खटिने हजारौं राष्ट्रसेवकहरुको अभिभावक हो भन्ने सत्य स्थापित हुनसकोस ।

आफ्नो दिनको सुरुवात देखि अन्त्यसम्म ” जय नेपाल ” भन्दै रहने प्रहरीले एकतावद्ध भएर सदाझैं जय नेपाल गरिराख्न सकुन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com