सभामुखमा सापकोटाको उम्मेदवारी दर्ता


प्रकाशित मिति : माघ ७, २०७६ मंगलबार

प्रतिनिधिसभाको सभामुखमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट अग्नि सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । । सङ्घीय संसद् भवन, नयाँबानेश्वर स्थित ल्होत्से हलमा आज मध्याह्न उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

सापकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र समर्थकमा नेकपाका प्रमुख सचेतक देव गुरुङ र सांसद ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण छन् । सचिवालयले आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ । सभामुख पदको निर्वाचन यही माघ १२ गते हुँदैछ । तत्कालीन सभामुखले पदबाट राजीनामा दिएपछि चार महिनादेखि सभामुख पद रिक्त रहँदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com