अमेरिकाबाट नेपालका नेता तथा सरकारको नाना थरिका कुरा दोचार्नेलाई नेपालमा बस्नेको किन कन्सिरी तात्छ ?


प्रकाशित मिति : चैत्र ३, २०७३ बिहीबार

 

विजय थापा ,वाशिंगटन डिसी

बिदेशिएका नेपालीले बारम्बार नेतालाई गाली गलौच गरे नेपालमा हुने आम नेपालीले किन मन पराउदैनन त ? नाना थरिका कुरा दोचार्नेलाई देखि सक्दैनन् l झिटी गुन्टा बोकेर नेपाल कहिले नआउने गरि गएका प्रवासीले सरकारलाई नालायक भनेको पनि रुचाउदैनन l छिरिक्क केहि भयो कि नेता चोर भनि दिंदा नेपालमा बसोबास गर्ने लाई यो कुराले असह्य हुने गर्छ l सवै चोर देखि दिंदा झन् उनीहरुको कन्सिरी तात्दछ l

सामाजिक संजालमा बारम्बार यसरी सबैलाई मुछि अमेरिकामा बसेर ठुलो कुरा गर्ने भनि दोष पनि लगाएको देख्न पाइन्छ l अमेरिकामा बसी कर्मभुमि बाट उप्पर खुट्टी लगाई नेता तथा कार्यकर्तालाई गाली गरेको लेख र समाचार देख्दा मन नपराएको पनि देखिन्छ l भुत भुताएको देखिन्छ l अनेक नकारात्मक उत्तर पनि आएको देखिन्छ l

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजनीतिक दलले यस्तो गर्ने र उस्तो गर्ने भनि विदेशबाट आदेश दिने अमेरिकामा प्रशस्त नेपालीहरु भेटिन्छन l अमेरिकामा व्यस्त जीवन भएता पनि कुरा काट्ने गरि सामाजिक संजालमा लेख्ने ,गालि गर्ने आसय प्रति आपत्ति पनि जनाउछन l कति लेख्न सकेको भनि टिप्पणी पनि गर्छन l वाक स्वतन्त्रता भएको देश
अमेरिका l अमेरिकाबाट खुरुन्दार नकारात्मक आलोचना पनि गर्दछन l

यसरी कुरै ज्यादा बुझेर हो या नबुझी अमेरिकामा बसेर झटारो हान्दा मन पराउदैनन l तर आफ्नो दलको भन्दा अन्य दलको र सरकार बाहिर रहेकका बिरुद्ध सामाजिक संजाल या लेख रचना मार्फत लेखि दिए दंग पर्दछन l क्या लेखेछ ! भनि लेखकको प्रशंसा पनि गर्छन l तर आम रुपमा अमेरिकामा बसेर नेता ,सरकार ,दल लाई झाको झार्ने लाई नकारात्मक टिप्पणी गरेको सामाजिक संजालमा पढ्न पनि पाईन्छ l

अमेरिकामा बसि देशको मुहार फेर्ने कार्यक्रम कुराहरु गोष्ठी या सम्मेलनमा मात्र सिमित राख्ने कुरा साह्रै पत्याउन छोडेको पनि देखिन्छ l किनभने अमेरिकामा बस्ने प्रवासी नेपालीहरु सदा को लागि नेपाल आएर बस्दैनन् भने कुरा नेपालमा बस्नेलाई थाहा हुन्छ l अमेरिकामा बस्ने नेपालीहरु देशको लागि गरु पर्दा चुप लागेर बस्न सक्दैनन l गैर आवासीय नेपाली संघको भूमिका सवै कुरा स्पष्ट भएको छ l कति गरेको छ भन्ने जग जाहेर छ l यसरि छलफल र भेला भएर नै अमेरिकामा बस्ने नेपालीले मातृभूमिलाई सहयोग पुर्याएका छन् l

अमेरिका बाट नेपाल गएका लाई पर्यटकको रुपमा मात्र नेपाल जाने र सवै कुरा आलोचना मात्र गर्ने हुन् भनि ठुलो आरोप लाग्ने गर्छ l भ्रष्टाचारका बिरुद्ध आवाज उठाउने तर नेपालमा हुँदा स्वयम् भ्रस्टचारीमा परेको व्यक्तिले अमेरिकामा गै सामाजिक संजाल मार्फत देश भ्रष्टचारले सकिएछ भनि संदेश दिंदा रिसले आगो भएका सामाजिक संजालमा रोष प्रकट गरेको पढ्न न पाइने हैन क्यारे l

विदेशमा सपरिवार बसाई तर देशको चिन्ता गर्ने देश भक्तले नेपाल मै आएर किन देश सेवा नगरेको भन्ने प्रश्न राख्दछन ? यस्ता प्रकारका विचार ,समाचार र लेखलाई अस्विकार गरि दिन्छन l अमेरिकामा डलर कमाउदै देश खत्तम भयो भनि मन गढ़ंते कुरा दोचार्ने गरि लेखिएको लेखलाई रद्धिको टोकरीमा फ्याकी दिन्छन l

किन अमेरिकामा बस्ने नेपालीहरु नेता ,दल तथा सरकारको धज्जी उडाउने ,खैरो खन्ने र आलोचना गर्दछन ?

अमेरिका आएका नेपालीहरु नेपाल आमा कै सन्तान हुन् l उनीहरु चन्द्रमा बाट आएका हैनन् ? उनीहरुलाई देश दुख्दा उनीहरु पनि दुख्दछ्न l कमाउन ,सन्तान तथा आफ्नो भबिष्यको लागि अमेरिका आएका हुन् l अमेरिका आए पछि फर्कदैनन l अपवाद र औलामा गन्न सक्ने बाहेक l विविधता चिट्ठाको कारण अमेरिकामा लाखौ को संख्यामा नेपाली भएका हुन् यो कुरा ध्रुव सत्य हो l

अमेरिका आएका नेपालीहरु यहाँ को पद्धति देख्छन अनि त्यो हाम्रो देशमा हुन् सक्दैन l तुलना गर्दैनन् तर लागेको बानीले गर्दा नेता ,दल तथा सरकारलाई भन्न सक्ने जति भनि दिन्छन l यस्तो नेता ,उस्तो नेता ,खत्तम नेता ,भ्रष्ट नेता ,निकम्मा सरकार ,नालायक सरकार गालि गलौच कति हो कति l उता नेपालमा बस्नेलाई झनक्क रिस उठछ l काम काज छैन भनि अमेरिकामा बस्नेको भनि चर्चा परिचर्चा हुन्छ l देशको त्यस्तो माया हुने भए किन अमेरिका मुन्टीएको पनि भनि दिन्छन l

भन्ने लाई भन्न दिनु पर्छ l स्व गिरिजा बाबुलाई देश कै नालायक प्रधान मन्त्रि पनि भने l अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामालाई पनि अहिले सम्म कै सबै भन्दा खराव राष्ट्रपति पनि भने l तर भन्दै मा कुरा बिग्रने हैन क्यारे l नेपालका भूतपूर्व प्रधान मन्त्रीले कुनै व्यक्ति बिशेषले प्रश्न सोद्धा आच्छु आच्छु पर्दा अमेरिका मा बस्नेलाई भगौडा पनि भने l

अमेरिकामा बस्ने नेपालीलाई मातृभूमिको औधि माया छ l बिदेशिएका नेपालीको विप्रेषण बाट देशको अर्थ तन्त्रमा ठुलो सहयोग भएको छ l हजारौ हजार संख्यामा अमेरिका मा रहेका नेपालीले मातृभूमिमा ठुला ,मझौला र साना परियोजना देखि अनेकौ सहयोग गरि रहेका छन् l कुनै न कुनै प्रकारका सहयोग भै रहेको छ l चट्टक देश छोडेर भागेका हैनन् l भौतिक शरीर यता भए पनि मन उता पनि हुन्छ l तर अमेरिका आएका मानिस बिरलै नेपाल फर्कन्छन तर आउने जाने क्रम जारी हुन्छ l

जीवनको अधिकांश नेपालमा बिताएका हुनाले देश राम्रो भएको हेर्न चाहन्छन l जन्मेको मुलुकको भलाई र सहयोग गर्न चाहन्छन l अमेरिकामा बस्नेले खबरदारी गरेका हुन् l

सन् २०१५ मा भारतले गरेको अघोषित नाकाबन्दीमा बिश्व ब्यापी रुपमा नेपालीहरुले व्यापक बिरोध र चक्रो नारा नलगाइएको भए अर्को अवस्था पनि हुन्थ्यो l अन्य देश र अमेरिकामा बस्ने नेपालीले कडा र व्यापक बिरोध गर्दै ऐक्य बद्धता देखाए l दवाव शृजना नगरेका हैनन् l

अमेरिकामा बस्ने नेपालीले नेपाल सदैव एक स्वतन्त्र तथा अस्तित्वमा रहेको राष्ट्र भएको हेर्न चाहन्छन l सदैव अस्थिर सरकार ,अन्यौल राजनीति ,सत्ताको खेलको कारण आजित भएर अन्य देशमा भएका नेपाली झैँ अमेरिकामा बस्ने नेपालीले नेतालाई गाली गर्ने र अर्ति उपदेश दिने गर्छन l मनमा लागेको कुरा ओकलेका हुन् l

अमेरिकामा बस्ने नेपालीले नेपालको राजनीति भन्दा अमेरिकन मुलधारको राजनीति मै जानु भनि नेपालमा बस्ने ले सल्लाह सुझाव र अर्ति उपदेश दिएको पटक पटक पढिन्छ l पछिल्लो समय देखि नेपाली अमेरिकनहरु मूलधार को राजनीतिमा अभिरुचि देखाउन थालेका छन् l

अमेरिकामा बस्नेले काम राम्रो गरे क्या बात भनेको सामाजिक संजालमा देखिन्छ l उदाहरणको लागि बिद्युत कटौती(लोड सेडिंग )लाई रोकेर जनतालाई अन्धकारबाट उज्यालो तर्फ ल्याए l क्रिकेटमा नेपालले नाम राखेको छ त्यस्मा क्या बात भनेको सामाजिक संजालमा भेटिन्छ l संबिधान बन्न ८ बर्ष समय लगाए ,त्यसमा क्या बात भनेनन् नाना थरिका कुरा दोचारेको सामाजिक संजालमा पढ्न सबैले पाए l

अमेरिकामा बस्नेले जति नै ठुलो स्वर बनाए पनि नेपालका नेता ,राजनैतिक दललाई केहि फरक पर्दैन l

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com