न्युयोर्क निवासी नेपाली किशोरीले गरिन् नेपाली असाहृय वालवालिकालाई सहयोग


प्रकाशित मिति : चैत्र २, २०७३ बुधबार

कालिका ४ कास्कीमा जन्म भई अमेरिकाको न्युयोर्कमा वसोवास गरीरहेकी १८ वर्षीय रक्षा पौडेलले आफ्नो जन्मभुमि कालिका गा.वि.स का अनाथ तथा गरीब वालवालिकालाई आफ्नो टिफिन खर्चवाट जोगाएको पचाँस हजार रुपियाले शैक्षिक सामाग्रीहरु प्रदान गरेकी छन् ।

हाल अमेरिकामा नै रहेकी पौडेलको सयोग कार्यक्रम प्रमुख अतिथी नेपाली काग्रेसका पुर्व महामन्त्री तथा पुर्व सभामुख तारानाथ रानाभाटले कालिका गा.वि. स का अनाथ तथा गरीब २० जना वालवालिकालाई झोला तथा स्टेशनरी समान प्रदान गरेका थिए । कार्यक्रममा वोल्दै पुर्व सभामुख रानाभाटले रक्षाको यो महान कार्यको प्रशशा गद्र्रे उनका आगामी जिन्दगीका पाइलाहरुले सधै सफल्ता पाईरहुन र धर्म गर्नको लागी मन्दिर नै जानु पर्छ भन्ने नरहेको रm यस्तो महान कार्य मन्दिर गए भन्दा धेरै न ठुलो धर्म भएको वताए ।

उक्त कार्यक्रमका अतिथि नेकपा एमालेका कार्यलय सचिव बैन बहादुर अधिकारीले यती सानो उमेरमा यति ठुलो उनको सयोगले सम्पुर्ण कालिका वासीहरु खुशि भएको वताए । कार्यक्रममा लेखनाथ पोखरा महानगरपालिका २८ का सचिव शोभाखर ढकालले कालिकावासीहरु जहाँ भए पनि आफ्नो जन्म भुमीलाई भुल्दैनन भन्ने कुरा रक्षाको सयोगले देखाएको वताए ।

नेपाली काग्रेस कालिका गाँउ कमिटीका अध्यक्ष भानु ढकालले बहीनी रक्षाले जुन टिफिन खर्च जोगाएर गरेको सयोगले अनाथ तथा असाहृय वालवालिकामा पढ्ने जागर पलाएको वताए । नेकपा एमाले कालिका गाँउ कमिटीका अध्यक्ष निर्मल सुनारले रक्षाको परिवार नै सयोगी भावनाको भएकोले रक्षामा पनि सयोगको भावना पलाएको र रक्षाको भविस्य सुन्दरहोस भनि शुभकामना दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रक्षाका हजुरवुवा दुर्गा प्रसाद पौडेलले नातीनीले आफ्नो मातृभुमि प्रति केहि गरौ भन्ने भावना पलाएको र आफु जस्तै वालवालिकाहरु शैक्षिक सामाग्री विना स्कुल जाने वातावरण नहोस भनेर टिफिन खर्च वाट जोगाएको पचाँस हजार रुपिया अनाथ तथा असाहृय वालवालिकालाई वितरण गरेको वताए ।

रक्षा अमेरिकन सिभिल लिबर्टिज युनियन  न्युयोर्क च्याप्टरमा बिगत २ बर्ष देखी कार्य गर्दे आएकी छन् । उनले न्युयोर्कमा रहेका हाईस्कुलमा अध्यनरत बिद्यार्थीका समस्याहरुलाई ल्याउने र सो सस्थां मार्फत समधान गर्ने अभिकर्ताका रुपमा काम गर्दे आएकी छन् । त्यसैगरी उनले न्युयोर्कमा हुने गरेका मानबअधिकार हननलाई पनि समधान गर्ने बिभिन्न सघं सस्था मार्फत पहल गर्दे आएकी छन् ।

रक्षा एकेडेमी अफ अमेरिकन स्टडिज हाईस्कुलमा अध्ययन गर्दा टप टेन भित्र पर्दे आएकी छन् । हाल हाई स्कुल सम्पन्न गरी कलेज जाने तयारीमा रहेकी रक्षा पौडेल बिजिनेस म्यानेजमेन्ट अध्यनको लागी कलेज छनौटको अन्तिम तयारीमा रहेकी छन् । हाल रक्षाले अमेरिकाको ३९ औ टप कलेजमा नाम निकालेकी छन् भने उनी हाल भर्ना पक्रियामा रहेकी छन् ।

भबिश्यमा पनि अझ बृहत रुपमा आफ्नो गाँउ तथा देशको लागी पनि अमेरिकामा बसेर लागी पर्ने योजना उनको रहेको टेलिफोन कुराकानीमा वताइन् । यो शुरुपात मात्र हो भबिश्यमा अन्य समाजिक कार्य मार्फत आफनो गाँउको सेवा गर्ने इच्छा रहेको उनले बताइन् ।

कार्यक्रममा जन ज्योती उच्च मा.विका प्र अ माधव पौडेल उषा किरण प्रा वि की प्र अ डाल्ला देवी भुजेल लगाएतले रक्षाको सयोगको प्रशशा गद्र्रे कार्यक्रममा वोलेका थिए ।

प्रकाश पौडेलले सन्चालन गरेको उक्त कार्यक्रममा तोयनाथ लामीछानेले स्वागत मन्तव्य राखेका थिए भने रक्षाका हजुर वुवा दुर्गा प्रसाद पौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

रक्षाका वुवा विष्णु प्रसाद पौडेल हाल अमेरिकाको न्युयोर्कवाट प्रकाशित हुने नेपालय पाक्षिक पत्रिकाका प्रधान सम्पादक हुन् । पत्रकार पौडेलले पनि सामाजिक तथा सयोगी भावनाका रहेका थिए । उनले आफ्नो पत्रकारिताको माध्यमवाट गरीव तथा असाहृय वालवालिकाको पिडालाई समाचारको माध्यम वाट प्रकाशित गर्ने गरेका छन् । उनले लेखेको समाचारको प्रभावले कालिका गा वि स मा रहेका टुहुरा दलित असाहृय वालवालिकाले केही वर्ष अगाडी सयोग पाएका थिए ।

वुवाको जस्तै समाजसेवामा लाग्ने चाहना रक्षाको पनि रहेको उनले वताइन् । आफ्नो हजुरवुवा दुर्गा प्रसाद पौडेलले पनि आफ्नो जन्मभुमीलाई केही गर्नु पर्छ भन्नुभएको र हजुरवुवा दुर्गा प्रसाद पौडेलको सल्लाहले नै आफुले आफ्नो जन्म भुमिमा सयोग गरेको वताइन ।

सानै देखी रक्षामा आफु भन्दा सानालाई माया गर्ने र ठुलालाई सम्मान गर्ने वानी रहेको र विदेशमा रहे पनि आफ्नो जन्म भुमिको वारेमा विभिन्न वेलामा आफ्ना इस्टमित्रहरु, साथीहरुको माध्यम वाट जानकारी लिइरहने रक्षाकी आमा कमला पौडेल वताउछीन् । उनी अमेरिका वसे पनि आफ्नो अध्ययन पुरा भए पछि जन्म भुमिमा आएर नै सेवा गर्ने आफ्नो विचार रहेको वताउछीन् ।

आठ वर्ष अगाडी अमेरीका गएकी रक्षाकी एक वहीनी दिक्षा पौडेल पनि छिन् । उनी पनि दिदीको जस्तै आफु पनि समाजसेवा गर्ने चाहना रहेको वताउछीन् । छोरीहरुको समाजसेवा प्रतिको रुचिले आफुलाई आत्म सन्तुष्टि मिलेको वुवा विष्णु पौडेल वताउछन् । हाल धेरै नेपालीहरु विदेश पलाएन भइरहेकको र आफ्नो जन्म भुमिलाई चटक्कै माया मार्ने प्रचलन रहेको अवस्थामा रक्षाको सयोगले सवै नेपालीहरुलाई आफ्नो जन्म भुमि प्रति केही सयोग गर्नको लागी प्रेरणा मिलेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com