दिल्लीमा पुगेर के गर्दैछन् बाबुराम भट्टराई ?


प्रकाशित मिति : चैत्र २, २०७३ बुधबार

नयाँ शक्ति पार्टी, नेपालका सँयोजक डा. बाबुराम भट्टराई झण्डै एक हप्ताको कार्यक्रम बनाएर मंगलबार दिल्ली पुगेका छन् ।

नयाँ पार्टी गठन गरेपछि पहिलोपटक भारत भ्रमणमा भट्टराई गएका हुन् । दिल्लीमा रहदा पूर्वप्रधानमन्त्री भट्टराई कार्यसूची इण्डिया फाउन्डेसनले आयोजना गरेको दिल्लीमा हुने ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा सम्बोधन गर्नेदेखि उच्च राजनीतिक भेटघाट तथा पार्टीका विभिन्न कार्यक्रमहरु सहभागी हुने जनाईएको छ ।

भट्टराईको राजनीतिक भेटघाटको लागि दिल्लीस्थित नेपाली दूतावासले पहल गरिरहेको छ भने उनले सत्तारुढ भारतीय जनता पार्टी तथा विपक्षी कङ्ग्रेसका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ त्यसैगरी केही भारतीय मन्त्रीहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको जनाईएको हो ।

पछिल्लोपटक प्रधानमन्त्रीको रुपमा भट्टराई सन् २०११ मा भारतको भ्रमण गरेका थिए । यतिबेला नै उनले सन् १९५० को सन्धी पुनरावलोकनको लागि प्रबुद्ध समूह बनाउने प्रस्ताव भारतीय पक्षसँग राखेका थिए र त्यसमा भारतीय पक्ष सहमत भएको थियो ।  यसै मेलोमा उनले नयाँ पार्टी गठन गर्नुका उद्देश्यहरुबारेमा जानकारी गराउने छन् । उनले दिल्लीमा रहेका आफ्ना पुराना साथभाईहरुसँग समेत भेटघाट गर्ने श्रोतले जनाएको छ ।

१९ मार्चमा उनी नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गरेको नेपालीहरुसँगको अन्तर्क्रिया तथा भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । त्यसैगरी उहाँले २० मार्चमा पार्टीको आयोजनामा हुने दिल्लीमा रहेका नेपालीहरुसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने छन् । दिल्लीमा रहँदा भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजिवी, नागरिक समाजका अगुवाहरुसँग पनि भेटघाट गर्ने छन् तर त्यसको विस्तृत जानकारी दिइएको छैन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com