न्यूयोर्कमा ‘छ माया छपक्कै’ को दोश्रो शो आज बम्बे थिएटरमा


प्रकाशित मिति : मंसिर १६, २०७६ सोमबार

आज न्यूयोर्कमा नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’को दोश्रो शो हुने भएको छ । म्यानहाटनमा रहेको फ्रेन्चाइज मुभी हल एएमसीमा पहिलो सफल प्रर्दशन गरेको चलचित्र ‘छ माया छपक्कै’को आज न्यूयोर्क कुइन्सस्थित बम्बे थिएटरमा दोश्रो शो हुने भएको छ । सन् १९२० मा स्थापना भएको ९९ बर्ष पुरानो मुभी हल एएमसीमा ‘छ माया छपक्कै’को पहिलो शो भएको थियो । आयोजकका अनुसार बम्बे थिएटरमा आज साँझ ५:३० बजे दोश्रो शो हुनेछ ।

दर्शकको अपार माया पाएको चलचित्र छ माया छपक्कैको पहिलो शो मा दर्शकहरुले उभिएर चलचित्र हेरेका थिए भने केही प्यासेजमा समेत बसेर फिल्म हेरेका थिए । साथै केही सिट नपाएर फर्केका थिए । आयोजकले भनेका छन्, हामीले अपेक्षा गरेको भन्दा धेरै दर्शकहरु एएमसी हल सम्म पुग्नु भयो, केही फिल्म हेर्न नपाएर फर्कनु भएको प्रतिकृया पाएका छौं, वहाँहरुलाई आजको हाम्रो दोश्रो शो कुइन्सस्थित बम्बे थिएटरमा पुन फिल्म हेर्ने व्यवस्था मिलाएका छौं । आयोजकले भनेका छन्, यदी एएमसी हलमा फिल्म हेर्न नपाएको टिकट लिएर आएमा दोश्रो शो हेर्न पाइने छ ।

दर्शकको मन जित्न सफल चलचित्र छ माया छपक्कै अहिले नेपालमा सफल प्रर्दशन संगै अमेरिकामा पनि भव्य प्रर्दशन भईरहेको छ । आयोजक रवि गौतमले भने, आउनुस नेपाली चलचित्रलाई माया गरौं, मुभी हेरेर रमाईलो गरौं । गम्भीर राजनीतिक बिषयमा हास्यप्रधान ढंगले प्रस्तुत गरिएको चलचित्र छ माया छपक्कै न्यूयोर्क राज्यका बिभिन्न स्थानमा प्रर्दशनको तयारी भईरहेको छ । दिपेन्द्र लामा निर्देशित चललचित्रको कथा पनि निर्देशक लामाले नै तयार पारेका हुन् ।

चलचित्रमा दीपकराज गिरी केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । आमा सरस्वती मूभिज, रोहित अधिकारी फिल्मस र आईएमईको संयुक्त ब्यानरमा बनेको चलचित्रको पटकथा दीपकराज गिरीले तयार पारेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com