अन्तत ७७ बर्षीय विश्वका चौधौं धनी ब्लुमबर्गले गरे अमेरिकी राष्ट्रपतिमा उम्मेदवारी घोषणा


प्रकाशित मिति : मंसिर ८, २०७६ आईतबार

अन्तत ७७ बर्षीय अमेरिकाका अमेरिकाका नवौं तथा विश्वका चौधौं धनाढ्य माइकल ब्लुमबर्गले अमेरिकी राष्ट्रपतिमा उम्मेदवारीको औपचारिक घोषणा गरेका छन् । न्युयोर्क सिटीका पूर्व मेयर ब्लुमबर्गले आइतबार औपचारिक रुपमा नै उम्मेदवारीको घोषणा गरेका हुन् । डेमोक्रेटिक प्राइमरीबाट छानिएर डोनाल्ड ट्रम्पलाई पराजित गर्न आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् ।

उनले भनेका छन् मेरो उम्मेदवारी डोनाल्ड ट्रम्पलाई पराजित गर्न र अमेरिकाको पुननिर्माण गर्नका लागि हो । हामीले अझै चारबर्ष ट्रम्पको अनैतिक कामहरु सहन सक्दैनौं । उम्मेदवारी घोषणासँगै ट्रम्पले झण्डै ३७ मिलियन डलर खर्च गरेर अर्को हप्ता टेलिभिजन विज्ञापन गर्दैछन् ।

माइकल ब्लुमबर्गले मतदाता नामावली दर्ताका लागि समेत २० मिलियन खर्च गर्ने भएका छन् । उनले झण्डै ५ लाख मतदाता नामावली दर्ताका लागि उक्त रकम खर्चिने भएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पसँग तीब्र प्रतिस्पर्धा हुने मानिएका पाँचवटा राज्यमा डेमोक्रेटिक आस्था राख्ने ५ लाख मतदाताको नाम मतदाता नामावलीमा दर्ता गराउनका लागि ब्लुमबगले उक्त रकम खर्चिने जनाइएको छ । अफ्रिकन अमेरिकन, एसियन, ल्याटिनो, जवान मतदाता र ग्रामिण क्षेत्रमा बस्नेहरुलाइ ब्लुमबर्गले प्राथमिकतामा राखेका छन् ।

ट्रम्पलाई चारवटा चुनावमा आक्रमण गर्नका लागि १ सय मिलियनको अनलाइन चुनावी अभियान संचालनको खुलासा गरे लगत्तै ब्लुमबर्गले मतदाता नामावली दर्ताका लागि समेत खर्च गर्ने खुलासा भएको हो । यो अभियान सन् २०२० को सुरुदेखि नै एरिजोना, मिसिगन, टेक्सास, नर्थ क्यारोलिना र विसकन्सिनमा सुरु हुनेछ ।

ब्लुमबर्गको मतदाता नामावली अभियान ती राज्यहरुमा चलाइनेछ, जहाँ गत निर्वाचनमा ट्रम्पले थोरै मतान्तरलेमात्र चुनाव जितेका थिए । मिसिगन र विसकन्सिनमा ट्रम्पले १ प्रतिशत भन्दा पनि कम भोटको अन्तरमा चुनाव जितेका थिए भने एरिजोना र नर्थ क्यारोलिनामा झण्डै ३ प्रतिशत बढी मतले चुनाव जितेका थिए । टेक्सासमा भने ट्रम्पले ९ प्रतिशत बढी मत ल्याएका थिए ।

न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी केशवराज सेडाईका साथमा अर्बपति ब्यापारी माइकल ब्लुमबर्ग ।

ट्रम्पबिरुद्ध लड्न तयार को को ? 

अमेरिकाका राष्ट्रपतिको चुनावका लागि अब एकबर्षपनि बाँकी छैन । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प दोश्रो कार्यकालका लागि भिड्दैछन् । उनीसँग भिड्नका लागि १८ जनाभन्दा धेरै डेमोक्रेटिक उम्मेदवारहरु पाखुरा सुर्कदैछन् तर प्राइमरी जितेर वास्तविक भिडन्तका लागि मैदानमा उत्रने एकजना हुनेछन् ।

अहिलेसम्म मैदानमा देखिएकाहरुमा सबैभन्दा बढी उमेरका बर्नी स्याण्डर्स ७८ बर्षका छन् भने कम उमेरका पिट बुटाजज ३७ बर्षका छन् । ७६ बर्षका जो बाइडेन, ७० बर्षकी एलिजाबेथ वारेन, ५५ बर्षकी कमला ह्यारिस पनि निकै चर्चामा रहेका उम्मेदवारहरु हुन् ।

माइकल बेनेट, कोरी बुकर, स्टीभ बुलोक, हुलियन क्यास्ट्रो, जोन डेलानी, तुलसी गब्बार्ड, एमी क्लोबुचार, वायन मेसाम, डेभल प्याट्रीक, जो सेस्टाक, टम स्टेयर, म्यारिन विलियम्सन र एन्ड्रयु यांग पनि चुनावी मैदानमै छन् ।

को प्रगतिशिल को मध्यपन्थी ?

डेमोक्रेटिक उम्मेदवारहरुमा एलिजाबेथ वारेन, बर्नी स्याण्डर्स, कमला ह्यारिस, एन्ड्रयु यांग, कोरी बुकर र तुल्सी गब्बार्ड प्रगतिशिल उम्मेदवारहरु मानिन्छन् । तर जो बाइडेन, एमी क्लोबुचार, हुलियन क्यास्ट्रो, जोन डेलानी, स्टीभ बुलोक, माइकल बेनेट मध्यपन्थी उम्मेदवारहरु हुन् । ५ जना महिला उम्मेदवारहरु मैदानमा छन्, जसमा एलिजाबेथ वारेन र कमला ह्यारिस चर्चाको शिखरमा छन् ।

सबैभन्दा चर्चाको शिखरमा रहेका डेमोक्रेटिक उम्मेदवारहरुमा जो बाइडेन, बर्नी स्याण्डर्स, एलिजाबेथ वारेन र कमला ह्यारिस हुन् । तर अहिले माइकल ब्लुमबर्गले भने बाइडेन कमजोर रहेको तथा स्याण्डर्स र वारेनले ट्रम्पलाई टक्कर दिन नसक्ने भन्दै उम्मेदवारी घोषणा गर्ने संकेत गरिसकेका छन् ।

अमेरिकी राष्ट्रपतिको चुनावमा ट्रम्पसँग भिड्नका लागि भने यी उम्मेदवारहरुले डेमोक्रेटिक प्राइमरीको सामना गर्नुपर्नेछ । राज्यका प्राइमरीहरु र ककसहरुमा मतदाताहरुले सम्भावित उम्मेदवारहरुलाई मतदानमार्फत चुन्छन् । बन्द प्राइमरी वा ककसमा रजिस्टर्ड मतदाताहरुलेमात्र भोट हाल्न पाउँछन् ।

चुनिने विधि कस्तो ?

हरेक प्राइमरी र ककसमा डेलिगेट्सहरुको निश्चित नम्बर हुन्छ । उनीहरुले राष्ट्रिय महाधिवेशनमा आफ्नो राज्यको प्रतिनिधित्व गर्छन् । प्राइमरी वा ककसबाट जुन उम्मेदवारले आफ्नो पक्षका धेरै डेलिगेट्सहरु प्राप्त गर्छ, त्यही उम्मेदवारले राष्ट्रिय महाधिवेशन मार्फत प्राइमरी जितेर राष्ट्रपतिको अन्तिम प्रतिस्पर्धामा भाग लिन पाउँछ । पार्टीका आफ्ना स्वतन्त्र डेलिगेट्स र सुपरडेलिगेट्स पनि हुन्छन् । स्वतन्त्र वा सुपरडेलिगेटहरु कुनै निश्चित उम्मेदवारलाई मतदान गर्न बाध्य हुँदैनन् ।

डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशन आगामी जुलाई १३ देखि १६ सम्म हुनेछ । यो महाधिवेशनबाटै राष्ट्रपति र उपराष्ट्रतिका लागि पार्टीका तर्फबाट अन्तिम उम्मेदवारको टुंगो लगाइनेछ । ककस र प्राइमरीबाट छानिएका डेलिगेटसहरुले जुन उम्मेदवारका लागि छानिएका हुन्, त्यही उम्मेदवारलाई मत हाल्नुपर्छ भने स्वतन्त्र र सुपरडेलिगेटले आफूले चाहेको उम्मेदवारलाई मत हाल्न पाउँछन् ।

पहिलो राउण्डमा मतदान हुँदा उम्मेदवारका प्रतिबद्ध डेलिगेटहरुलेमात्र भोट हाल्न पाउँछन्, यति उनीहरुले भोट हाल्दा कसैको पनि बहुमत नआएमा स्वतन्त्र डेलिगेटहरुले भोट हाल्न पाउँछन् । पहिलो राउण्डमा कसैको पनि बहुमत नआएमा दोश्रो राउण्डमा प्रतिबद्ध डेलिगेटहरुले पनि जुनसुकै उम्मेदवारलाई भोट हाल्न पाउँछन् भने स्वतन्त्र वा सुपर डेलिगेटले पनि भोट हाल्न पाउँछन् ।

सन् २०२० को डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशनका लागि झण्डै ४५९४ जना डेलिगेटहरु हुने अपेक्षा गरिएको छ जसमा कुनै उम्मेदवारप्रति प्रतिबद्ध ३८३६ र स्वतन्त्र सुपर डेलिगेटहरु ७५८ जना हुनेछन् । पहिलो राउण्डको चुनावबाट डेमोक्रेटिक पाईमरीमा छानिनका लागि राष्ट्रपति उम्मेदवारले कम्तीमा १९१९ मत ल्याउनुपर्नेछ । यदि पहिलो राउण्डमा उक्त मत ल्याउन नसकेको खण्डमा सुपरडेलिगेटहरुले समेत दोश्रो राउण्डमा त हाल्नेछन् र प्राइमरी जित्नका लागि २२९८ मत ल्याउनुपर्नेछ ।

विभिन्न राज्यबाट महाअधिवेशनमा प्रतिनिधित्व गर्ने डेलिगेट्सहरुको संख्या तय गरिएको हुन्छ । उदाहरणका लागि न्युयोर्कबाट ३२७ डेमोक्रेटिक डेलिगेट्सले भाग लिनेछन् भने क्यालिफोर्नियाबाट सबैभन्दा धेरै ४९५ जना डेमोक्रेटिक डेलिगेट्सहरुले महाधिवेशनमा भाग लिनेछन् ।

महाधिवेशनबाट चुनिएका राष्ट्रपतिका एकजना डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकन उम्मेदवारसँग अन्तिम चुनावमा प्रतिस्पर्धा गर्नेछन् । सन् २०१६ को डेमोक्रेटिक नेशनल कन्भेन्सनमा हिलारी क्लिन्टनले २८४२ र बर्नी स्याडर्सले १८६५ मत ल्याएका थिए । र हिलारी क्लिन्टन नै ट्रम्मसँग चुनाव लड्नका लागि छानिएकी थिइन् ।

यसरी हुन्छ अमेरिकामा राष्ट्रपति चुनाव

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । धेरैजसो अमेरिकी राज्यले प्राय एउटै दलका उम्मेदवारहरुलाई जिताउने गरेपनि फ्लोरिडा, पेन्सिलभेनिया र ओहायोको महत्व भिन्न रहेको छ । यी राज्यहरुले राष्ट्रपतीय चुनावमा आफ्नो अभिमत बदल्दै आएका छन् । तीनको निर्णयले सबै चुनावी परिणाम बदल्न सक्ने भएकाले यी तीन राज्यलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

कुन राज्यमा कति इलेक्टोरल मत भन्नेबारे जान्न यहाँ क्लिक गर्नुहोला ।

सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com