मेक्सिको हुँदै अमेरिका छिर्न खोज्नेलाईमात्र ग्वाटेमाला, होण्डुरस र एल साल्भाडोर पठाइने


प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार

अमेरिकी सरकारले आजदेखि कार्यान्वयनमा ल्याएको र आजै सार्वजनिक गरेको नयाँ नियम अनुशार मेक्सिको हुँदै अमेरिका छिर्न खोज्नेलाईमात्र ग्वाटेमाला, होण्डुरस र एल साल्भाडोर पठाइने स्पष्ट पारेको छ । नोभेम्बर १९ पछि विनाभिसा अमेरिकाको सिमाक्षेत्रमा आएका र सिमाक्षेत्रबाट अमेरिका छिरेका वा छिर्ने प्रयास गरेकाहरुका सन्दर्भमा मात्र यो नियम लागु हुने फेडरल रजिस्टरमा प्रकाशित नियममा स्पष्ट पारिएको छ ।

यसको मतलव अमेरिकामा भिसासहित प्रवेश गरेर युएससीआईएसमा सकारात्मक एसाइलम दावी गर्नेहरुलाई भने तेश्रो मुलुक पठाइने छैन । तर विना भिसा अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्नेहरुलाई भने ग्वाटेमाला, होण्डुरस र एल साल्भाडोर पठाइने भएको छ ।

ती देशहरुसँग भएको सहमति अनुरुप अमेरिकामा एसाइलम गर्नेहरुलाई ती देशसँग बाँडिने भएको छ । यसबारे आज फेडरल रजिस्टरमा औपचारिक रुपमा नियम प्रकाशित गरिएको हो । नियम आजै अर्थात् नोभेम्बर १९ देखि कार्यान्वयनमा आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आप्रवासी अधिकारकर्मीहरुले अमेरिका र तीनदेशबीच भएको उक्त सहमतिको विरोध गरेका छन् । अमेरिकामा एसाइलम खोज्नेलाई तेश्रो देशमा पठाउने सहमति उचित नभएको उनीहरुको भनाई छ ।

नियमको पूर्ण पाठ यहाँ उपलब्ध छ ।

विगत ६ महिनामा भएका एसाइलमका दुई कडा नियमपछि यो नियम आएको हो । यसअगाडि अमेरिका आउने क्रममा बाटोमा पर्ने देशमा एसाइलम दावी गरेर अस्वीकृत नभएकाहरुलाई अमेरिकामा एसाइलम आवेदन दिन अयोग्य बनाउने नियम आएको थियो । त्यस्तै अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्नेहरुले अदालती सुनुवाईसम्मका लागि मेक्सिकोमा नै प्रतिक्षा गर्नुपर्ने नियम लागु गरिएको थियो ।

अमेरिकामा ९ लाख ८७ हजार १ सय ९८ एसाइलमका आवेदनहरुको ब्याकलग रहेको र एउटा एसाइलमको मुद्दा टुंगो लाग्न ८१६ दिन लाग्ने गरेकाले एसाइलमको भार कम गर्न नयाँ नियम ल्याइएको जनाइएको छ । जसमध्ये ४ लाख ७४ हजार ३ सय २७ एसाइलमका मुद्दाहरु अध्यागमन अदालतमा रहेका छन् । आर्थिक बर्ष सन् २०१९ को सेप्टेम्बर अन्त्यसम्म युएससीआईएसमा ३ लाख ४० हजार ८ सय आवदेनको ब्याकलग रहेको फेडरल नोटिसमा उल्लेख छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com