इन्द्रावतीमा पाँच दलको उम्मेदवारी


प्रकाशित मिति : कार्तिक २७, २०७६ बुधबार

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ मा पाँच पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्षको उम्मेदवारमा नेकपाले केदारनाथ आचार्य, नेपाली काङ्ग्रेसले अशोक तामाङ, राप्रपा संयुक्तबाट ढकबहादुर तामाङ, राप्रपा नेपाल रणबहादुर तामाङ र समाजवादी पार्टी नेपालबाट प्रकाश श्रेष्ठको उम्मेदवारी परेको छ ।

उम्मेदवारी दर्ताका क्रममा सिन्धुपाल्चोकका उच्च तहको नेताको उपस्थित भएका थिए । मनोनयन दर्ता कार्यक्रममा पूर्वमन्त्री एवं सांसद शेरबहादुर तामाङ र प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, पूर्वसांसद सुवास कर्माचार्य नेकपाको जिल्ला अध्यक्ष झम्क नेपाललगायतको नेता कार्यकताको बाक्लो उपस्थिति रहेको थियो ।

त्यस्तै नेपाली काङ्ग्रेसका पूर्वमन्त्री एवं काङ्ग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत, काङ्ग्रेस सभापति विकास लामालगायतको नेता कार्यकर्ता उपस्थित हुनुहुन्थ्यो । स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका अध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि अहिले उपनर्वाचन हुन लागेको हो । यसअघि सो वडामा नेपाली काङ्ग्रेस विजयी भएको थियो । निर्वाचित श्रेष्ठसँग नेकपाले उम्मेदवारी खडा गरेको आचार्य पाँच मतले पराजित भएका थिए । यस वडामा एक हजार ४०४ मतदाता रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com