न्युयोर्क प्रहरीले गाँजाभन्दै समातेको १०६ पाउण्ड अर्कै बनस्पती


प्रकाशित मिति : कार्तिक २०, २०७६ बुधबार

न्युयोर्क प्रहरीले गाँजाभन्दै समातेको १०६ पाउण्ड बस्तु अर्कै बनस्पती भएको पुष्टी भएको छ । न्युयोर्क प्रहरीले मंगलबार १०६ पाउण्ड गाँजा समातिएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेको थियो ।

गाँजा भन्दै समातेको बस्तु कानुनी रुपमा नै हुर्काइएका भाङका बोटहरु भएको पुष्टी भएको छ । जसमा गाँजामा हुने नशालु पदार्थको मात्रा निकै कममात्र हुनेगर्छ । भाङमा टीएचसीकोमात्रा शुन्य दशमलव ३ प्रतिशतमात्र हुनेगर्छ भने गाँजामा २० प्रतिशतभन्दा धेरै हुनेगर्छ ।

उक्त भाङका बोटहरु भर्मोन्टका किसानले बैध रुपमा नै उमारेका थिए । फेडेक्समार्फत न्युयोर्कमा डेलिभरी गरिएकोमा प्रहरीले गाँजा ठानेर नियन्त्रणमा लिएको थियो ।

अमेरिकामा फार्म बिलमार्फत सन् २०१८ देखि भाङको खेती बैध मानिदै आएको छ । भर्मोेन्टको प्रहरी विभागले नै भाङ भएको पुष्टी गरेर फेडेक्समार्फत डेलीभरीका लागि अनुमति दिएको थियो ।

हालैमात्र अमेरिकाको ओक्लोहोमा प्रहरीले कोकिन बोकेको आरोपमा एकजना युवालाई पक्रा गर्दा उनले बोकेको सेतो पदार्थ पाउडर दुध भएको प्रयोगशाला परीक्षणबाट पुष्टी भएको थियो । १५ बर्षको जेल सजाय सुनाइएका उनले बोकेको सेतो धुलो पाउडर दुध भएको पुष्टी भएपछि उनीबिरुद्ध लगाइएका सबै अभियोगहरु खारेज भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com