Follow @khasokhasmag

दिल्ली प्रदुषणको प्रभाव नेपालमा !


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

भारतको नयाँ दिल्ली र आसपासमा फैलिएको प्रदूषित वायुको प्रभाव नेपालमा समेत भित्रिन थालेको छ । नेपालको पश्चिम तराइका भू–भागमा दूषित वायुको प्रभाव पर्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभाग मातहतको जल तगा मासम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार चितवनदेखि पश्चिमतर्फका तराईका भू–भागमा भारतीय वायुको आंशिक प्रभाव पर्न थालेको छ ।

उहाँले भन्नुभयो, ‘अहिले भारतीय वायुको ठूलो र भयावह प्रभाव परेको छैन तर पश्चिम तराईमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा धुलोका कण मिश्रित वायु आइरहेको हुन्छ ।’

नेपालका तराईका भू–भागमा काठमाडौं उपत्यकता र अन्यत्रका पहाडी भेगको मौसम धुमिए पनि अहिले दिल्लीको वायुको प्रभाव नपरेको पौडेलको भनाई छ । भारतकै उत्तर प्रदेश र पवहारको वायुले सामान्य अवस्थामा समेत नृवालल भित्रिने गरेको वातावरणविद्ले बताए ।

उद्योग, कलकारखाना र सवारीबाट निस्कने धुलो, धुँवा, घरायसी र अन्य प्रयोजनका लागि बालिने आगोका कारण यो मौसममा नेपालभित्र पनि प्रदुषण बढ्ने गरेको उनीहरुको ठहर छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com