नेपालका दिनेश शर्माले अमेरिकामा जिते स्वर्ण


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

अमेरिकाको न्यू जर्सीमा सम्पन्न अन्तर्राष्ट्रिय मार्सल आर्ट खेलमा नेपालका दिनेश शर्माले स्वर्ण पदक जितेका छन् । सिनियर उमेर समूहको फाइनलमा शर्माले अमेरिकाका एण्ड्रिउ सुतेलाई ५—४ ले पराजित गर्दै स्वर्ण जितेका हुन् । न्यू जर्सीमा अक्टोबर २५ देखि २७ सम्म भएको प्रतियोगितामा स्वर्ण जितेका शर्मा नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका महासचिव हुन् ।

शर्माले मार्शल आर्टको प्रसिद्ध अन्तर्रा्ष्ट्रिय अवार्डसमेत हात पारेका छन् । अमेरिकामा प्रत्येक वर्ष आयोजना हुने लिजेन्ड अफ दि मार्शल आर्ट हल अफ फेममा शर्मालाई ‘एक्ट्रा अर्डिनरी मास्टर ईन्ट्रक्टर’ अवार्डबाट सम्मान गरिएको हो । मार्सल आर्टको विभिन्न विधामा विश्वभरिबाट छनोट भएका प्रशिक्षक, मास्टर र ग्राण्ड मास्टरमध्ये एकलाई प्रदान गरिने उक्त सम्मान शर्माले पाएका हुन् ।

मार्शल आर्टस्को विकास र विस्तारमा आर्थिक र प्राविधिकरुपमा लागि परीरहेका शर्मा ब्राजिलमा भर्खरै सम्पन्न विश्व कराते प्रतियोगिताको समापनमा गोल्ड मेडल एवं एप्रिसेसन अवार्डले सम्मानीत समेत भएका थिए । उक्त प्रतियोगितामा शर्माका खेलाडी राजकुमार दरैले कास्य पदक जित्न सफल भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शर्माले यसअघि नै सन् २०१५ मा अमेरीकामै मास्टर अफ द इयर अवार्ड तथा बेस्ट रेफ्रि अवार्डद्धारा सम्मानीत भईसकेका छन् । उनले विभिन्न समयमा बेलायत, जर्मनी, भारतबाट  समेत अन्तर्राष्ट्रिय अवार्डले सम्मानीत भई सकेका छन् । नेपालमा मार्शल आर्टस्को चर्चित कोच शर्माले खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद लगायतका विभिन्न सरकारी  एवं  खेलसंघहरुबाट दर्जनौं पटक सम्मानीत भई सकेका छन् । तेक्वान्दोका अन्तर्राष्ट्रिय ए क्लासका एम्पायर एवं प्रशिक्षक शर्मा एशियन मार्शल आर्टस् गेम्स कमिटीका महासचिव समेत हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com