अमेरिकी राष्ट्रपति चुनावका लागि आजदेखि उल्टोगिन्ती सुरु, ४ रिपब्लिकन र १७ डेमोक्र्याट्स मैदानमा


प्रकाशित मिति : कार्तिक १७, २०७६ आईतबार

अमेरिकी राष्ट्रपति चुनावका लागि आजदेखि उल्टोगिन्ती सुरु भएको छ । सन् २०२० को नोभेम्बर ३ मा हुने चुनावले ४ बर्षका लागि अमेरिकी राष्ट्रपति निर्वाचित गर्ने भएकाले अब चुनावी दौड र अभियानका लागि दवाव सृजना भइसकेको छ ।

अहिलेसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प सहित ४ जना रिपब्लिकनहरुले उम्मेदवारीको घोषणा गरेका छन् । रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प, मार्क सानफोर्ड, जो वाल्श र बिल वेल्डले उम्मेदवारीको घोषणा गरेका छन् । पार्टीभित्रको प्राइमरी चुनावपछि अन्तिम प्रतिस्पर्धाका लागि एकजना चयन हुनेछन् ।

त्यस्तै डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवारी घोषणा गर्नेहरु १७ जना रहेका छन् । माइकल बेनेट, जो बाइडेन, कोरी बुकर, स्टीभ बुलक, पिट बुटाजज, हुलियन क्यास्ट्रो, जोन डेलानी, तुल्सी गब्बार्ड, कमला ह्यारिस, एमी क्लोबुचार, वायन मेसम, बर्नी स्याण्डर्स, जो सेस्टाक, टम स्टेयर, एलिजाबेथ वारेन, मरिन विलियम्सन र एन्ड्रयु यांगले उम्मेदवारी घोषणा गरेका छन् । झण्डै १० जना उम्मेवारी घोषणा गरेका डेमोक्रेटिक नेताहरुले मैदान खाली गरिसकेका छन् ।

ओहायोका गर्भनर जोन कासिचले स्वतन्त्र उम्मेदवारका रुपमा राष्ट्रपतिमा उम्मेदवारी घोषणा गरेका छन् । नोभेम्बर ३ मा हुने चुनावमा प्रतिस्पर्धा गर्नका लागि पार्टीका तर्फबाट उम्मेदवारी दिनेहरुलाई पार्टीभित्रको प्राइमरी जित्न आवश्यक हुन्छ ।

डेमोक्रेटिक पार्टीका तर्फबाट माइकल ब्लुमबर्गले चुनावमा उम्मेदवारी घोषणा गर्नसक्नेबारे साथीहरुसँग छलफल गरेको समाचारहरु सार्वजनिक भएका छन् । त्यस्तै हिलारी क्लिन्टनको समेत सम्भावना रहेकाबारे चर्चाहरु भइरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com