मेलम्चीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना तीनको मृत्यु, ३५ घाइते


प्रकाशित मिति : कार्तिक १४, २०७६ बिहीबार

साँखुको जरसिंह पौवामा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

मेलम्चीबाट काठमाडौं आउँदै गरेको बस जरसिंह पौवाको जंगलमा दुर्घटना भएको हो । बिहिबार दिउँसाे आमा ह्योल्मो यातायातकाे बा ५ ख ५०७० नम्बरकाे यात्रुबाहक बस दुर्घटना भएकाे हाे।

दुर्घटनामा ३५ यात्रु घाइते भएका छन् ।

दुर्घटनामा परेको बस विहान ९ः ३० बजे छुटेको थियो । मृत्यु हुनेमा २ महिला १ पुरुष छन । उनीहरुको परिचय खुलेको छैन । मृतकमध्ये २ जना गाडीले नै च्यापेकोले बाहिर निकाल्न कठीन भएको थियो ।

घाइतेको सुष्मा कोइराला मेमोरियल, नेपाल मेडिकल कलेज र टिचिङ अस्पतालमा उपचार हुदैछ ।

तिहार सकेर काठमाडौं आउने यात्रुले बस खचाखच थियो । बसमा ५९ बढी यात्रु रहेका थिए भन्ने अनुमान गरिएको छ । दुर्घटनाको कारण ब्रेक फेल हुन सक्ने अनुमान गरिएको छ ।

तस्विर :  विष्णु क्षेत्रीको फेसबुकबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com