न्यूयोर्कमा बलेवा समाज अमेरिकाको संयुक्त देउसी भैलो


प्रकाशित मिति : कार्तिक ९, २०७६ शनिबार

बलेवा समाज अमेरिकाले आउँदो सोमबार अक्टोबर २८ तारिखका दिन न्यूयोर्कमा तिहारको देउसी भैलो तथा सांगितिक साँझको आयोजना गर्दैछ । आयोजक संस्थाले कार्यक्रममा उपस्थित भएर सामुहिक रुपमा तिहारको देउसी भैलो खेल्न आग्रह समेत गरेको छ ।

सँस्कृतिको जगर्ने र चाड पर्वमा सामाजिक सदभाव कायम गर्ने उदेश्यले हामीले सामुहिक देउसी भैलो कार्यक्रमको आयोजना गरेका हौं, कार्यक्रम संयोजक प्रदिप कुमार खत्रीले भने आउनुस मिलेर तिहारमा संगै रमाइलो गरौं ।

आयोजक संस्था बलेवा समाजका महासचिव कृष्णराज सुवेदीले कार्यक्रममा सामुहिक रुपमा दिपावली गर्ने, देउसी भैलो खेल्ने तथा लोक पप गायक तिलक बम मल्ल र लोक गायक बिमल डाँगीको बिशेष प्रस्तुती समेत रहने जानकारी दिएका छन् । बलेवा समाजले स्थापनाको छोटो समयमै बिभिन्न सामाजिक कार्य गर्दै चाड पर्वहरुमा यस्तै साँस्कृतिक कार्यक्रमहरु समेत गर्ने गरेको छ । समाजले अध्यागमन सम्वन्धी बिशेष परामर्श र सहयोग समेत गर्दै आएको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com