बिहिबारदेखि युएससीआईएसबाट नयाँ सुरक्षा विशेषता सहितका ट्राभल डकुमेन्ट जारी


प्रकाशित मिति : कार्तिक ७, २०७६ बिहीबार

बिहिबारदेखि युएससीआईएसले नयाँ सुरक्षा विशेषता सहितका ट्राभल डकुमेन्ट जारी गर्न सुरु गरेको छ । जालसाजी रोक्नका लागि अमेरिकी पासपोर्ट जस्तै देखिने ट्राभल डकुमेन्टहरुमा नयाँ सुरक्षा विशेषताहरु थपिएको छ ।

अमेरिकाका ग्रिनकार्डवाहकले अमेरिकाबाहिरको अस्थायी भ्रमणपछि अमेरिका पुन प्रवेशका लाग आई ३२७ पुनप्रवेश अनुमतिपत्र प्रयोग गर्न सक्छन् । केही मामलामा पासपोर्टको सट्टा यो कागजात प्रयोग गर्न सकिन्छ ।

त्यस्तै अमेरिकामा एसाइलम वा रिफ्युजी स्टाटसमा रहेकाहरुले आई ५७१ ट्राभल डकुमेन्टको प्रयोग गर्न सक्छन् । उनीहरुले अस्थायीरुपमा अमेरिकाबाहिर यात्रा गरेर पुन अमेरिका फर्कनका लागि यो कागजातको प्रयोग गर्नुपर्छ । केही मामलामा यो कागजात पासपोर्टको सट्टामा समेत प्रयोग गर्न सकिन्छ ।

नयाँ सुरक्षा विशेषतासहितको ट्राभल डकुमेन्टमा पुस्तिकाको कभर रिडिजाइन गरिएको छ भने तीनवटा चित्र भएका चारवटा मोन्टाजहरु पुस्तीकाका पेजहरुमा प्रयोग गरिएको छ । ट्राभल डकुमेन्टमा तीनप्रकारका सुरक्षा विशेषता रहेका छन् । एउटा आँखाले देख्न सकिने, अर्को उपकरणको मद्दतले हेर्न सकिने र अर्को प्रयोगशालामा परीक्षणबाट हेर्न सकिने विशेषता ट्राभल डकुमेन्टमा थपिएको छ ।

म्यादसहितका पुराना ट्राभल डकुमेन्ट भने अद्यावधिक नै रहने युएससीआईएसले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com