न्युयोर्कमा गाडीको ठक्करबाट नेपाली युवा आईसीयुमा, सहयोगको अपिल


प्रकाशित मिति : कार्तिक ४, २०७६ सोमबार

न्युयोर्कमा गाडीको ठक्करबाट एकजना नेपाली युवा सख्त घाइते भएका छन् । न्युयोर्कको हिक्सभिलमा बाटो पार गर्ने क्रममा म्याग्दीका खिम सेतीमगरलाई तीब्रगतिमा आएको गाडिले ठक्कर दिएको थियो ।

उनको हाल नासु युनिभर्सिटी मेडिकल सेन्टरमा आईसीयुमा उपचार भइरहेको छ । उनी २ बर्ष अगाडि म्याग्दीबाट आएर अमेरिकाको न्युयोर्कमा बस्दै आएका थिए ।

लङ आइल्याण्ड नेपाली समाज, एनआरएनए एनसीसी न्युयोर्क च्याप्टर र म्याग्दी समाज न्युयोर्कका सदस्यहरुले उनलाई अस्पतालमा नै पुगेर भेटेका छन् । उनको स्वास्थ्योपचारमा लामो समय लाग्ने अनुमान गरिएको छ । उनको सहयोगका लागि गोफण्डमीमा सहयोग संकलन अभियान संचालन गरिएको छ ।

उनको परिवार, लङ आइल्याण्ड नेपाली समाज, एनआरएनए एनसीसी न्युयोर्क च्याप्टर र म्याग्दी समाज न्युयोर्कका तर्फबाट २५ हजार डलरको लक्ष्यसहित सहयोग संकलन अभियान चलाइएको छ । उनका श्रीमति र तीनजना छोराछोरी छन् ।

यदि तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com