एनआरएनए प्रमुख संरक्षक शेष घले, संरक्षकमा सबै पूर्व अध्यक्ष, चुनाव नजित्नेहरु सल्लाहकार
प्रकाशित मिति : कार्तिक ३, २०७६ आईतबार

एनआरएनए आईसीसीका आफ्ना प्रमुख संरक्षकमा पूर्व अध्यक्ष शेष घलेलाई मनोनयन गरेको छ । घले एनआरएनए आईसीसीमा सन् २०१३ देखि दुई कार्यकाल अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यस्तै अन्य संरक्षकमा उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट र रामप्रताप थापालाई मनोनयन गरिएको छ । थापाबाहेक सबै एनआरएनएका पूर्व अध्यक्ष हुन् भने थापा एनआरएनका पूर्व उपाध्यक्ष तथा पूर्व प्रमुख संरक्षक हुन् ।
त्यस्तै एनआरएनए आईसीसीको यो चुनावमा अध्यक्ष पदका उम्मेदवार कुल आचार्यलाई सल्लाहकारमा मनोनयन गरिएको छ । एनआरएनएको चुनावमा पराजित अन्यकेहीलाई पनि सल्लाहकारमा मनोनयन गरिएको छ ।
सल्लाहकारमा मनानित अन्यमा सपिला राजभण्डारी, रामेश्वर शाह, टीबी कार्की, सोम सापकोटा, त्रिलोक गुरु, विश्व आदर्श पण्डित, पुष्प तिमिल्सिना, जमुना गुरु, एसी शेर्पा र हरिबोल भट्टराई रहेका छन् ।