महराको भूमरीमा शिवमाया !


प्रकाशित मिति : कार्तिक १, २०७६ शुक्रबार

२०७४ चैतमा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङफेको पहिलो प्रतिक्रिया थियो, ‘जिम्मेवारी कसैले दिएर लिनेभन्दा पनि आफैले लिने हो ।’

चार दशकदेखि राजनीतिमा सक्रिय तुम्बाहाङफे यहाँको ‘संस्कार’सँग परिचियत थिइन । जोड्ने, घटाउने, उचाल्ने र पछार्ने चलन अरुतिर जस्तै उनी आवद्ध तत्कालिन एमालेमा पनि थियो । अहिले नेकपामा पनि त्यो प्रवृत्ती हटेको छैन । त्यसैले पार्टी राजनीतिमा आफूभन्दा पछि आएका र थोरै काम गरेका पनि भटाभट अघि बढ्दा कताकता अलमलिएझैं महसुस गर्थिन् ।

राजनीतिक जीवन शुरु गरेको ३९ वर्षपछि भने उनी संसद्को दैलोभित्र छिर्न पाइन् । अहिले संसद्को आयु ३ वर्ष बाँकी छँदै सभामुख कृष्णबहादुर महराको अप्रत्याशित बहिर्गमनले उपसभामुखमा तुम्बाहाङफेको यात्रा धरमरमा छ । उनी सभामुख बन्न सक्ने बाटो त छ तर राजनीतिक घटनाक्रमले त्यसमा अप्ठ्यारो देखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com