९२ जना नेपालीलाई क्यानडा पठाउने भन्दै रकम असुल्ने भारतीय दलाल पक्राउ


प्रकाशित मिति : कार्तिक १, २०७६ शुक्रबार

९२ जना नेपालीहरुलाई क्यानडाको कामदार भिसा दिलाइदिने भन्दै एकजना भारतीय ठगले रकम असुलेको खुलासा भएको छ । प्रहरी फन्दामा रहेको पञ्जाव सुन्दर नगर निवासी ३० बर्षिय नितिस घाईले ९२ जना नेपालीहरुबाट रकम असुलेको पत्ता लागेको छ ।

मानव तस्करीको अभियोगमा नितिसबिरुद्ध प्रहरीले उजुरी दर्ता गरेको थियो । नेपालका दया नन्दथापा नामका व्यक्तिले नितिसबिरुद्ध उजुरी दर्ता गर्दै ९२ जना नेपाली युवाहरु ठगिएको बताएका थिए । उनले लुधियानाप्रहरीसमक्ष मुद्दा दायर गरेका थिए ।

विदेश पठाइदिने आश्वासन दिएर दलाल र ठगहरुले ठूलो संख्यामा नेपालीहरुलाई ठग्दै आएका छन् । अमेरिका र क्यानडाजस्ता मुलुकमा कामदार भिसा मिलाइदिने भन्दै दलालहरुको आश्वासनमा परेर ठगिने नेपालीहरुको संख्या उल्लेख्य छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com