एनआरएनए : १२ जना निर्विरोध निर्वाचित, अफ्रिका र मध्यपूर्वका सबै क्षेत्रीय पदमा निर्विरोध


प्रकाशित मिति : आश्विन २९, २०७६ बुधबार

एनआरएनए आईसीसीको चुनावमा १२ जना निर्विरोध निर्वाचित भएका छन् । अफ्रिका क्षेत्रीय संयोजकमा रोशन थापा निर्विरोध निर्वाचित भएका छन् भने उपसंयोजकमा उम्मेदवारी परेन । अफ्रिका क्षेत्रीय महिला संयोजकमा मनकला थापा विष्ट निर्विरोध निर्वाचित भएकी छिन् ।

त्यस्तै एसिया प्रशान्तमा क्षेत्रीय युवा संयोजकमा दिपक प्रसाद कँडेल निर्विरोध निर्वाचित भएका छन् । अमेरिका क्षेत्रको क्षेत्रीय युवा संयोजकमा विमला सापकोटा निर्विरोध भएकी छिन् ।

मध्यपूर्व क्षेत्रीय संयोजकमा प्रविन गुरुङ निर्विरोध निर्वाचित भएका छन् भने उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल निर्विरोध निर्वाचित भएका छन् । मध्यपूर्वकै महिला संयोजकमा सुमित्रादेवी पौडेल र युवा संयोजकमा राजु रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।

ओसेनियाको क्षेत्रीय महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजुकुमार थपलिया निर्विरोध निर्वाचित भएका छन् । युरोपको क्षेत्रीय महिला संयोजकमा कुमारी योगिता थापा र युवा संयोजकमा जय कृष्ण ठाकुर निर्विरोध निर्वाचित भएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com