नयाँ नेतृत्व चयनका लागि एनआरएनएमा मतदान सुरु, अध्यक्षमा कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा


प्रकाशित मिति : आश्विन २९, २०७६ बुधबार

एनआरएनए आईसीसीमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । काठमाडौंको हायात होटलमा बेलुका करिब सबा ८ बजेदेखि मतदान सुरु भएको त्यहाँबाट संचारकर्मी चिरञ्जिवी देवकोटाले जानकारी दिनुभयो ।

मतदान राती २ बजेसम्म सकिने अपेक्षा गरिएको छ । नवौं ग्लोबल सम्मेलनमा भाग लिन गएका डेलिगेट्सहरु अहिले मतदानका लागि लाइनमा बसिरहेका छन् ।

अध्यक्षमा जर्मनी निवासी कुमार पन्त र बेलायत नेपाली कुल आचार्यले उम्मेदवारी दिएका छन् । त्यस्तै ४ जना निर्वाचित हुने उपाध्यक्षमा ९ जनाले उम्मेदवारी दिएका छन् । जसमा सोनाम लामा, डाक्टर बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, मन केसी, नरेन्द्र बहादुर भाट, धर्मराज अधिकारी, हिक्मतबहादुर थापा, डाक्टर केशव पौडेल र किरणबिक्रम थापाले उम्मेदवारी दिएका छन् ।

 

मतदानपछि डाक्टर विष्णुमाया परियार र अन्य डेलिगेट्स ।

१ जना निर्वाचित हुने महिला उपाध्यक्ष पदमा सपिला राजभण्डारी र रविना थापाले उम्मेदवारी दिएका छन् । त्यस्तै एकजना निर्वाचित हुने महासचिवमा जानकी गुरुङ र डाक्टर हेमराज शर्मा उम्मेदवारी दिएका छन् ।

२ जना निर्वाचित हुने सचिव पदमा आरके शर्मा, गौरीराज जोशी, अभिमानसिंह बस्नेत, विनय अधिकारी, दिपकप्रसाद ओली, शिवकुमार बरुवाल र सुस्मा लिम्बुले उम्मेदवारी दिएका छन् । कोषाध्यष पदमा महेस कुमार श्रेष्ठ र सुदन थापाले उम्मेदवारी दिएका छन् भने सहकोषाध्यक्षमा गोविन्द प्रसाद गौतम र लोकप्रसाद दाहालले उम्मेदवारी दिएका छन् ।

बेलुका ७ बजेदेखि मतदान सुरु हुने भनिएपनि मतदान सुरु हुनमा ढिलाई भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com