‘टक अफ द टाउन एनआरएन विशेष’ तेश्रो सिजन शुक्रबारदेखि एबीसी टेलिभिजनमा
प्रकाशित मिति : आश्विन २२, २०७६ बुधबार
नमस्ते मिडिया इन्क न्युयोर्कसँगको सहकार्यमा नेपालको एबीसी टेलिभिजनमा कार्यक्रम टक अफ द टाउन एनआरएन विशेष प्रशारण हुने भएको छ । अमेरिकाको न्युयोर्क निवासी पत्रकार किशोर पन्थीले एनआरएन विशेषको तेश्रो सिजन संचालन गर्न लागेका हुन् ।
सन् २०१५ र सन् २०१७ को एनआरएनए ग्लोबल सम्मेलनमा कार्यक्रम टक अफ द टाउन एनआरएन विशेषका श्रृंखलाहरु प्रशारण भइसकेका छन् । जसमा एनआरएनएका पूर्व अध्यक्षहरु उपेन्द्र महतो, जिवा लामिछाने, वर्तमान अध्यक्ष भवन भट्ट लगायत एनआरएनएका संस्थापकहरु तथा अन्य नेताहरु सहभागी भइसकेका छन् ।

टक अफ द टाउन एनआरएन विशेषको तेश्रो सिजन अक्टोबर ११ शुक्रबारदेखि दिउसो ४ बजेदेखि ५ बजेसम्म लाइभ प्रशारण हुनेछ । कार्यक्रममा एनआरएनएको पुनसंरचना, बदलिदो अवस्थामा संस्थाको औचित्य र बदलिएका एजेण्डा तथा संस्थाभित्रका खराबीबारे विशेष बहस हुनेछ ।

नेपाली टेलिभिजनकै इतिहासमा पहिलोपटक एबीसी टेलिभिजनमार्फत ग्लोबल सम्मेलनका बेलामा एनआरएनएबारे विशेष बहस प्रशारण हुँदै आएको छ । सन् २०१७ को कार्यक्रममा आनन्द बिष्ट, कुमार पन्त, कुल आचार्य, सोनाम लामा, जीवा लामिछाने, उपेन्द्र महतो, रामप्रताप थापा, लोक तिवारी, खगेन्द्र जीसी, श्री पराजुली, भवन भट्ट, टिबी कार्की, विश्व शाह, सञ्जय थापा, प्रेमकुमार श्रेष्ठ, शिवकुमार राई लगायतसँगको बहस प्रशारण गरिएको थियो ।









