राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालद्धारा सांस्कृतिक तथा सामाजिक सद्भावका लागि शुभकामना आदान प्रदान तथा चियापान


प्रकाशित मिति : आश्विन १२, २०७६ आईतबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपालको हरेक परिवर्तनमा दलित समुदायले पुर्याएको योगदानको चर्चा गर्नुभयो । विजया दशमी, तिहार, नेपाल संवत्, छठ पर्वको उपलक्ष्यमा राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालद्धारा यहाँ आज आयोजित सांस्कृतिक तथा सामाजिक सद्भावका लागि शुभकामना आदान प्रदान तथा चियापान समारोहलाईसम्वोधन गर्दैै उहाँले नेपालको लोकतन्त्र, गणतन्त्र स्थापनाका लागि दलित समुदायले पु¥याएको योगदानको उच्च सम्मान गर्न चाहान्छु भन्नुभयो । उहाँले दलित समुदायका हुने जातीय भेदभाव तथा छुवाछूत अत्यका लागि छुवाछूत सम्वन्धी घटनाको वितरण तायर गर्ने, अनुगमन र अनुसन्धान गर्दै निरन्तरण पिक्षा गर्न समिति गठन गर्न समेत सङ्घलाई आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले आफ्नो पालामा सुरु भएको जनता आवास कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयन गर्न पत्रकारको नै महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले दलित समुदाय अझै पनि आर्थिक, सामाजिक राजनीतिक रुपमा पछाडि परेको भन्दै सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि दलित समुदायबीच एकताको आवश्यकता औँल्याउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले महिला हिंसा, बलात्कार, अपाङ्गता भएका व्यक्ति, अत्याचार, जाइजो प्रथा, बाल विवाह, जातीय भेदभाव, भष्टारका विरुद्धमा संघले आवास उठाउने विश्वास व्यक्त गर्नुभयो ।

सांसद हृदयश त्रिपाठीले समता मूलक समाज निर्माणका लागि व्यवहारिक रुपमै राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभमागिता हुनुनर्पेमा जोड दिनुभयो ।नेपाली काँग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी परियारले आम सञ्चार माध्यमले आवाज विहिन दलितको सवाललाई स्थान नदिएको भन्दै आपत्ति जनाउनुभयो । सङ्घ देशभर क्रियाशील करीब एक हजार २०० दलित समुदायका पत्रकारको छाता संगठन हो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले संघले मूलको धारको पत्रकारीताको नेतृत्व गर्नुपर्नेमा जोड दिन्दै शुभकामना व्यक्त गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, रिपोटर्स क्लव नोपलका अध्यक्ष ऋषी धमला र नेपाल टेलिभिजनकी निमित्त महाप्रवन्धक आरती चटौतलगायतले संघ स्थापना भएकोमा शुभकामना व्यक्त गर्नुभयो । संघका अध्यक्ष तथा संविधान सभाका सदस्य विनोद पहाडीले नेपालको दलित आन्दोलनलाई थप उचाईमा पु¥याउने उद्देश्यले पनि संघको स्थापना गरिएको बताउनुभयो ।

चियनपानमा विभिन्न राजनीतिक दलका नेता, सांसद, वुद्धिजीजि लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको समेत सहभागिता रहेको थियो । दलित समुदायका पत्रकारलाई सङ्गठित गर्दै उनीहरुको अधिकारका लागि २०६७ सालमा स्थापना भएको सङ्घले दलित आन्दोलन र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने तीन दलित नेताको नाममा पत्रकारिता पुरस्कार समेत स्थापना गरेको छ । सङ्घको हालै सम्पन्न बैठकले लामो समय आन्दोलनमा सक्रिय नेता एवम् लेखक÷पत्रकार टिआर विश्वकर्माको सम्मानमा टिआर विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार स्थापना गरिएको छ ।

त्यसैगरी सङ्घले राणाशासनका विरुद्ध आन्दोलन चलिरहँदा कुचिकारको काम गर्दै कारागारबाट गणेशमान सिंहलगायतका नेताको चिठी आदानप्रदान गर्ने राममाया च्यामेको सम्मानमा ‘राममाया च्यामे लोक पत्रकारिता पुरस्कार’ समेत स्थापना गरेको छ । त्यसैगरी सङ्घले नेपाली कांग्रेसका संस्थापक सदस्य एंवम् प्रचार, लेखक एवं नेपाली चलिचत्रका पहिलो निर्देशक देवव्रत परियार (डिबी परियार) को सम्मानमा ‘देवव्रत परियार स्मृति राष्ट्रिय पुरस्कार’ पनि स्थापना गरेको छ । सो पुरस्कार सङ्घको स्थापना दिवसको अवसरमा प्रदान गरिनेछ ।

सङ्घले प्रदेश नम्बर १ मा पर्वत पोर्तेल, प्रदेश नम्बर २ मा भोला पासवान, ३ मा भीमबहादुर घिमिरे, गण्डकी प्रदेशमा दीपक परियार, प्रदेश नं ५ मा सोना खटिक, कर्णाली प्रदेशमा अमर सुनार र सुदूरपश्चिम प्रदेशमा मिलन परियालाई प्रदेश इञ्चार्ज समेत नियुक्त गरिसकेको उपाध्यक्ष गोपाल बराइलीले जानकारी दिनुभयो । ‘परशु–सवरी’ पत्रकारिता पुरस्कार लागि समझदारी पत्रकार हस्ताक्षर दलित समुदायका पत्रकारलाई प्रोत्साहन गर्दै स्थापित गर्ने उद्देश्यले स्थापना गरिएको ‘परशु–सवरी’ पत्रकारिता पुरस्कारको लागि आज समाजसेवी रामेश्वर शिवा र संघका अध्यक्ष विनोद पहाडीबीच समझदारी पत्रकार हस्ताक्षर भएको छ ।

दलित समुदायका पत्रकारहरुको पेशागत हकहित प्रवद्र्धन, पेशागत सुरक्षा, क्षमता अभिवृद्धिलगायतका रचनात्मक काम गर्ने उद्देश्यले संघको स्थापना भएको हो । वार्षिक ५० हजार राशिको पुरस्कारको लागि सोही समारोहमा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । पुरस्कारको अक्षय कोष व्यवसायी एवं समाजसेवी रामेश्वर शिवाले आफ्ना स्वर्गीय बुवा परशुराम शिवा र आमा सवरीदेवी शिवाको नाममा स्थापना गर्नुभएको हो ।

सुनसरी जिल्ला इनरुवा नगरपालिका वडा ३ निवासी शिवाले जातीय मुक्ति आन्दोलनमा सहयोग पु¥याउने क्रियाशील दलित समुदायका पत्रकारहरुको हौसला बढाउने उद्देश्यले स्थापना गर्नुभएको हो । राष्ट्रिय दलित पत्रकार संघको नामबाट वित्तिय संस्थामा खाता सञ्चालन गरिनेछ महासचिव लक्ष्मण दर्नालले जानकारी दिनुभयो । पुरस्कारको सम्पूर्ण व्यवस्थापनको कार्य संघले गर्नेछ ।

पुरस्कारको मूल्यांकनका लागि पत्रकारिता क्षेत्रका विज्ञ एंव समाजका प्रतिष्ठित व्यक्तिहरु रहेको समिति गठन गरिने छ । यो पुरस्कार समितिको सिफारिसमा प्रत्येक वर्ष एक समारोहका बीच एक व्यक्ति वा संस्थालाई वितरण गरिनेछ । यो पुरस्कारको स्थापनाले पत्रकारितामा क्रियाशिल दलित समुदायका पत्रकारहरुको मनोबल उच्च बनाउने विश्वास गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com