२०२० का डिभी विजेतालाई अक्टोबरदेखि भिसा, १ हजारसम्म केस नम्बर हुने नेपालीको प्रकृया


प्रकाशित मिति : आश्विन १, २०७६ बुधबार

आर्थिक बर्ष सन् २०२० का लागि डिभी लोटरी विजेताहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन थाल्ने भएका छन् । अक्टोबर महिनाका लागि डिभी विजेता नेपालीहरुका लागि सिमाबन्दी तोकिएको छ । जस अन्तरगत १ हजारसम्म केस नम्बर हुने नेपालीहरुलेमात्र अक्टोबरमा भिसाको प्रकृया अगाडि बढाउन सक्नेछन् ।

त्यस्तै नोभेम्बर महिनामा भने ३१ सय सम्म केस नम्बर हुने नेपाली डिभी विजेताको भिसा प्रकृया अगाडि बढाइनेछ । केस नम्बरका हिसाबले नेपालबाहेक इरान र इजिप्टलाई पनि सिमाबन्दी तोकिएको छ । इरानका ७५० सम्म केस नम्बर हुनेहरुको र इजिप्टका १५ सय सम्म केस नम्बर हुनेको अक्टोबरमा भिसा प्रकृया अगाडि बढाइनेछ ।

डिभी परे नपरेको चेक गर्न यहाँ क्लिक गर्नुहोला ।

गत बर्षको अक्टोबरमा डिभी लोटरी भरेकाहरुले यो अक्टोबरबाट भिसा पाउन थाल्नेछन् । उनीहरुले सन् २०२० को सेप्टेम्बर अन्त्यसम्म भिसा पाउनेछन् । त्यतीन्जेलसम्म भिसा नपाउनेहरु अमेरिका जानका लागि स्वत अयोग्य हुनेछन् ।

ट्रम्पको विरोधका बाबजुत अक्टोबरमा डिभी लोटरी खुल्ने

आर्थिक बर्ष २०२० का लागि ३६९६ जना नेपालीहरुलाई डिभी लोटरी परेको छ । डिभी लोटरी पार्नेहरुमा नेपालीहरु एसियामा नै दोश्रो नम्बरमा रहेका छन् । एसियामा पहिलो नम्बरमा इरानीहरु ४१०१ जनाले डिभी लोटरी पारेका छन् । इजिप्टका भने ५५६८ जनाले डिभी लोटरी पारेका छन् ।

डिभी लोटरी पर्दैमा अमेरिका जाने ग्यारेन्टी हुँदैन । डिभी लोटरी परेपनि देशीय कोटा, पब्लिक चार्जको नियम, डिभीको न्यूनतम योग्यता लगायतका कारण कैयन नेपालीहरु भिसा पाउन अयोग्य हुँदै आएका छन् ।

डिभी लोटरी भर्दा अब पासपोर्ट अनिबार्य, अक्टोबरमा खुल्दै

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com