ट्रम्पको विरोधका बाबजुत अक्टोबरमा डिभी लोटरी खुल्ने


प्रकाशित मिति : भाद्र ५, २०७६ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी लोटरीको चर्को विरोध गरेपनि आगामी अक्टोबरमा डिभी लोटरी खुल्ने भएको छ । राष्ट्रपति ट्रम्पले डिभी लोटरी जित्नेहरुले खराब मध्येका खराब, रद्दीको टोकरीमा फालिएका जस्ता अपमानजनक शब्दहरु प्रयोग गर्दै आएका छन् ।

डिभी लोटरी खारेज गर्नका लागि अमेरिकी संसदले बिल पारित गर्नुपर्ने भएकाले त्यस्तो कुनै बिल पारित नहुँदा आगामी अक्टोबरमा डिभी लोटरी खुल्ने भएको हो । तर कुन मितिदेखि डिभी लोटरी भर्न सकिने भन्ने सन्दर्भमा अमेरिकी सरकारले छुट्टै सुचना जारी गर्नेछ ।

आर्थिक बर्ष २०१९ का लागि डिभी लोटरी विजेताहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गर्नेछन् । आर्थिक बर्ष २०२० का लागि डिभी लोटरी परेकाहरुले आगामी अक्टोबरदेखि भिसा प्राप्त गर्न थाल्नेछन् । आगामी अक्टोबरमा डिभी भरेर विजेता हुनेले आर्थिक बर्ष २०२१ मा भिसा प्राप्त गर्नेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसदलाई डिभी लोटरी खारेज गरेर मेरिटमा आधारित ग्रिनकार्ड प्रणाली लागु गर्न आब्हान गर्दै आएका छन् । तर वर्तमान संसदमा सिनेटमा रिपब्लिकनको र हाउसमा डेमोक्र्याट्सको बहुमत रहेका कारण कुनै पनि एकदलीय बिल पारित हुन लगभग असम्भव जस्तै छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिभी लोटरी भर्ने र पार्नेहरुमा नेपालीहरुको संख्या उल्लेख्य रहेको छ । त्यस्तै डिभी मार्फत अमेरिका आउने नेपालीहरुको संख्या पनि उल्लेख्य नै रहेको छ ।

‘डिभी लोटरी भिसा एकदमै खतरनाक’

युएससीआईएसका कार्यकारी निर्देशक केन कुसिनेलीलाई डिभी लोटरी भिसा एकदमै खतरनाक रहेको बताउँदै आएका छन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मेन्सन गरेर ट्वीट गर्दै राष्ट्रपति ट्रम्प र आफूले डिभी लोटरी अन्त्य भएको देख्न चाहेको बताएका थिए ।

डिभी लोटरीमा जस्तो खतरनाक छिद्र भएको नभई मेरिटमा आधारित अध्यागमन प्रणालीको समय भएको उनले बताएका थिए । सिरियामा कार्यरत एकजना आईसीस स्नाइपर अमेरिकी डिभी लोटरी विजेता रहेको खुलासा भएपछि ट्रम्पले डिभी लोटरीको अझ चर्को विरोध गरेका थिए ।

सन् १९७६ को फरबरी २७ मा काजकिस्तानमा जन्मिएका रसियन मारातोभिच आसाइनोभ सन् १९९९ को फरबरी २७ मा डिभी लोटरीमार्फत अमेरिका छिरेको खुलासा भएको थियो । त्यसपछि सन् २००६ को सेप्टेम्बर १ मा अमेरिकी नागरिकता प्राप्त गरेका थिए ।

नेपालीहरु अग्रपंक्तिमा

डिभी लोटरीमार्फत अमेरिका आउने नेपालीहरु अग्रपंक्तिमा रहेका छन् । आर्थिक बर्ष सन् २०२० का लागि पनि ३६९६ जना नेपालीहरुलाई डिभी लोटरी परेको छ ।

उनीहरुले सन् २०१८ को अक्टोबर ३ देखि नोभेम्बर ६ सम्म डिभी लोटरी भरेका थिए भने सन् २०१९ को मे महिनामा डिभी लोटरीको नतिजा सार्वजनिक भएको थियो । उनीहरुले आगामी अक्टोबर महिनादेखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् ।

सन् २०२० का लागि डिभी लोटरी पार्नेमा नेपालीहरु विश्वमा नै तेश्रो नम्बरमा रहेका छन् । पहिलो नम्बरमा रसियनहरु र दोश्रो नम्बरमा इरानीहरु रहेका छन् । सन् २०२० का लागि ५ हजार १ सय १८ जना रसियनहरुले डिभी लोटरी पारेका छन् भने इरानीहरु ४१०१ जना रहेका छन् ।

एसियाका मुलुकहरुको तुलना गर्ने सन् २०२० का लागि डिभी लोटरी पार्नेमा नेपालीहरु दोश्रो नम्बरमा रहेका छन् इरानीहरु पहिलो नम्बरमा रहेका छन् ।

सन् २०२० का लागि विश्वभरबाट ८३ हजार ८८४ जनाले डिभी लोटरी पारेका थिए । ती मध्येबाट छानिएर ५५ हजारले अमेरिकाको भिसा प्राप्त गर्नेछन् । सन् २०२० का लागि विश्वभरबाट १ करोड ४७ लाख २२ हजार ७ सय ९८ जनाले डिभी लोटरी फारम भरेका थिए । उनीहरुका आफन्तहरुसहित डिभीमा सहभागी २ करोड ३१ लाख ८२ हजार ५५४ जना रहेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com