एनआरएनए आईसीसी सचिवमा अमेरिकाबाट गौरी जोशीले उम्मेदवारी दिने


प्रकाशित मिति : भाद्र २६, २०७६ बिहीबार

एनआरएनए आईसीसीको आगामी निवार्चनमा अमेरिका निवासी गौरी जोशीले सचिव पदमा उम्मेदवारी दिनुहुने भएको छ । अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने एनआरएनए ग्लोबल सम्मेलनले आगामी दुईबर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

 

हाल एनआरएनए आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि क्षेत्रीय संयोजक रहनुभएका जोशी अमेरिकाको टेक्सास निवासी सफल व्यवसायी हुुनुहुन्छ । सामाजिक सेवामा समेत सकृय मृदुभाषी जोशी सन् २०१७ मा काठमाडौंमा सम्पन्न सम्मेलनबाट अमेरिकाक्षेत्रका लागि क्षेत्रीय संयोजकमा निर्वाचित हुनुभएको थियो ।

चर्चित सफल युवा व्यवसायी जोशी एनआरएन अमेरिकाको सन् २०१५ देखि सन् २०१७ सम्मको कार्यसमितिका सल्लाहकार हुनुहुन्थ्यो । त्यसअगाडि उहाँ सन् २००७ देखि सन् २००९ सम्म एनआरएन अमेरिकाको कम्युनिकेशन डाइरेक्टर रहनुभएको थियो । विभिन्न सामाजिक संस्थामा काम गरिसक्नुभएका जोशी एनआरएन अमेरिकाको चुनावी चहलपहलमा अग्रपंक्तिमा रहदै आउनुभएको छ ।

भिजन २०२० को कार्यान्वयन आफ्नो एजेण्डा रहेको बताउने जोशीले एनआरएनए आईसीसीमा एमआईएस प्रणालीको विकाश र विज्ञ भेलाको अवधारणामा समेत योगदान दिनुभएको थियो । जोशीले चुनावी अभियान सुरु गरिसक्नुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com