एनआरएनए आईसीसी सचिव पदमा आरके शर्माको उम्मेदवारी घोषणा


प्रकाशित मिति : भाद्र १७, २०७६ मंगलबार

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को आसन्न नवौ महाधिवेशनको राजनीति तातिरहेको बेला मध्यपुर्व संयोजक आरके शर्मा (राजेन्द्र कुमार शर्मा) ले सचिव पदमा उम्मेदवारीको घोषणा गर्नुभएको छ ।

एनआरएनए एनसीसी कतारको सल्लाहकार, आइसीसी सदस्य हुदै मध्यपुर्व संयोजकको नेतृत्व गर्नुभएका शर्माले (२०१९–०२१) कार्यकालका लागि सचिव पदको उम्मेदवारी घोषणा गर्दै मध्यपुर्वमा रहेका नेपालीहरु नेत्तृत्व गदै उम्मेदवारी दिने बताउनुभयो ।

मध्यपुर्व संयोजक हुदाँ प्राय सबै देशहरुमा पुगेर श्रमिक नेपालीको समस्या लाई लिएर सम्बन्धित निकायमा पुगेर समस्या समाधान गर्दै आउनुभएका शर्मा वैदेशिक रोजगारीमा आउने श्रमिक नेपालीको पक्षमा काम गर्नुभएको छ ।

स्वास्थ सुरक्षा तथा सचेतना कार्यक्रमदेखि घरेलु कामदारको रुपमा आउने महिलाहरुले झेल्नु परेको समस्याहरुलाई निराकरणदेखि दुतावासबाटै श्रम स्वीकृति दिलाउने सम्मका कार्यलाई उहाँले जोड दिनुभएको छ । नेपालमा मध्यपुर्वबाट लगानी तथा पर्यटक भित्र्याउन पहल गर्दै आउनुभएका शर्माले एनआरएनका सबै अभियान्तहरुबाट आफुलाई सहयोग मिल्नेमा विस्वस्त रहेको बताउनुभयो ।

कतार लगायत विभिन्न देशहरुमा सफल व्यवसाय गर्दै आउनुभएका शर्मा मध्यपुर्वका खाडी राष्ट्रहरुमा श्रमिक नेपालीहरुको माझमा निकै लोकप्रिय हुनुहुन्छ । एनआरएनको अभियानमा उनको उम्मेदवारी सगै अर्थपुर्ण रुपमा समेत हेरिएको छ । गैरआसीय नेपाली संघको विश्व सम्मेलन आउदो महिनाको अक्टोबर १५ देखि १७ सम्म काठमाडौ हुने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com