राप्रपालाई टाढा नजान प्रधानमन्त्री प्रचण्डको आग्रह


प्रकाशित मिति : फाल्गुन ६, २०७३ शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपालाई महाधिवेशनपछि पनि टाढा नजान अपील गर्नुभएको छ । शुक्रबारबाट सुरु भएको राप्रपाको एकता महाधिवेशनमा शुभकामना दिने क्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले राप्रपा र आफ्नो एजेण्डा धेरै नमिले पनि मिलौंमिलौ लाग्ने गरेको बताउनुभयो । उहा“ले किन हो सहकार्य गरौंगरौं लाग्ने गरेको भन्दै टाढा नजान आग्रहसमेत गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले संविधान जारी गर्ने बेलामा नै तीन दलले संशोधनको प्रतिवद्धता जनाएको भन्दै त्यसअनुसार नै सरकारले प्रस्ताव ल्याएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले मुलुक लामो संक्रमणकालिन अवस्थाबाट अघि बढिरहेको भन्दै संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्यता रहेको बताउनुभयो ।

संविधानसभाबाट संविधान जारी हुनु र शान्ति प्रक्रियाको हस्ताक्षरकर्ताको हैसियतले आफुमा निकै ठूलो जिम्मेवारी रहेको महसुस भएको भन्दै प्रधानमन्त्री प्रचण्डले परिपक्व राजनितिक पार्टीको हैसियतले निर्वाचन र संविधान संसोधन प्रक्रियालाई सकारात्मक ढंगले सम्पन्न गर्न राप्रपाले सकारात्मक भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com