निर्वाचनमा मतपत्र च्यात्ने तत्कालीन माओवादी कार्यकर्तालाई एक/एक लाख जरिवाना
प्रकाशित मिति : असार १६, २०७६ सोमबार
भरतपुर महानगरपालिकाको स्थानीय तह निर्वाचनमा मतपत्र च्यत्ने दुई जनालाई एक/एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
सोमबार चितवन जिल्ला अदालतले तत्कालीन माओवादी केन्द्रका नेता तथा कार्यकर्ता द्रोणबाबु शिवाकोटी र मधु न्यौपानलाई एकरएक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो । उनीहरुले भरतपुर महानगरपालिका १९ को मतगणना भइरहँदा मतपत्र च्यातेका थिए।
जिल्ला न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई दोषी ठहर्याई जरिवाना तोकेको हो । निर्वाचन कसुर सम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले २ वर्षपछि गत जेठ ३० गते दोषी ठहर गरे पनि उनीहरुको कसुर निर्धारण भने गरेको थिएन ।
निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार यस्ता दोषीलाई एक लाख जरीवाना वा दुई वर्ष जेल वा दुवै सजाय हुने व्यवस्था छ ।






