सशस्त्रका चार पूर्व प्रमुखले भ्रष्टाचार मुद्दामा पाए सफाइ


प्रकाशित मिति : असार १६, २०७६ सोमबार

सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक (आईजीपी) ले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । उनीहरुविरुद्ध अदालतमा दायर भएको मुद्दाको प्रमाण नपुगेको भन्दै विशेष अदालतले सोमबार सफाइको फैसला सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकम हिनामिना मुद्दामा २०७२ सालमा सशस्त्र प्रहरीका पूर्वआईजीपीहरू कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, वासुदेव वली र सनतकुमार बस्नेतसहित २२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

न्यायाधीशहरु बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको इजलासले आरोप प्रमाणित नभएको भन्दै सफाइ दिने फैसला गरेको हो ।
संगठनको सामान खरिद र ढुवानीमा भ्रष्टाचार गरेको भन्दै आयोगले वन्तविरुद्ध भ्रष्टाचारको अभियोगमा अनुसन्धान थालेको थियो ।

सो क्रममा वन्तले बयान दिँदा बस्नेत, ओली र श्रेष्ठसमेत अनियमितता प्रकरणमा छानविनमा तानिएका थिए । २०५८ देखि २०७१ मा सशस्त्र प्रहरीका विभिन्न एकाइमा सामान खरिद गर्दा नक्कली कम्पनी र बिल खडा गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com