विश्वभरका सिक्का टांसिएको रुख
एजेन्सी/ रुखमा फल होइन पैसा फल्छ भन्दा अचम्म लाग्छ । हो, बेलायतमा एउटा अनौठो रुख छ, जहाँ संसारका सबै देशका सिक्का पाइन्छ ।
बेलायतमाको यो रुखलाई पैसा फल्ने रुखका नामले चिनिन्छ । बेलायतको पिक जिल्लामा रहेको यो रुख १७ सय वर्ष पुरानो हो र यो रुखभरी हजारौंको संख्यामा सिक्का गाडिएका छन् । यस रुखमा बेलायती मात्रै नभई संसारका हरेक देशका सिक्का जडित छन् ।
यो रुखमा सिक्का लगाउँदा सुख शान्ति प्राप्त हुनुका साथै मनोकामना पूरा हुने विश्वासले विश्वभरका मानिसहरुले यहाँ सिक्का चढाउँदै आएका छन् । यहाँ दैनिक ठूलो संख्यामा पर्यटकहरु भ्रमणका लागी आउने गरेका छन् ।





