एनआरएनए अमेरिकाका सदस्यका व्यक्तिगत गोप्य विवरणहरु दुरुपयोग


प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार

एनआरएनए अमेरिकाका सदस्यका सबै व्यक्तिगत विवरणहरु छरपष्ट र दुरुपयोग गरिएका छन् । हिमालयखबरले प्रकाशित गरेको समाचार अनुशार एनआरएनए सदस्यका नाम, फोन नम्बर इमेल ठेगाना र घरको ठेगाना सहितका सबै विवरणहरु बाहिरिएका छन् ।

एनआरएनए अमेरिकाको सदस्य बन्नका लागि इमेल ठेगाना र फोन नम्बरका साथमा आवेदकलाई स्टेट आईडी, ग्रिनकार्ड वा पासपोर्टको प्रतिलिपी बुझाउन अनिवार्य गरिएको थियो । अमेरिकी कानुन अनुशार यस्ता संवेदनशिल विवरणहरुको दुरुपयोग गर्नु आपराधिक कृयाकलाप हो ।

सदस्यहरुका संवेदनशिल विवरणहरु कैयन उम्मेदवारहरुले प्राप्त गरिसकेको जनाइएको छ । यो विवरणमा सुरुमा एनआरएनए अमेरिकाका अध्यक्ष केशव पौडेलसहित रामकुमार सुवेदी, बाल जोशी, पवन योञ्जन, रुद्र अर्याल, शैलेश श्रेष्ठ र प्रमोद सिटौलाको पहुँच रहेको थियो । तर अहिले निर्वाचन समितिको समेत पहुच रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com