एनआरएनए अमेरिकाको निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा खीम भट्टराईको उम्मेद्वारी
प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार
गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा खीम भट्टराईले उम्मेद्वारी दिएका छन् । समाजको हितमा सदैव क्रियाशील भट्टराई सदस्यमा उम्मेद्वार बनेका हुन् ।
‘समाजको हितमा क्रियाशिल रहन सवैका निम्ती सहज हुने विषय हैन । झन सदैव समाजको हितलाई ध्यानमा राखेर अगाडि बढिरहन त झनै सम्भव नहुन सक्छ । तर समाजमा त्यस्ता केही अपवाद पात्रहरु पनि हुन्छन, जसले आफुलाई समाजको हितमा सदैव क्रियाशील राखिरहन्छ । सहज होस वा असहज जस्तो अवस्थामा पनि समाज र समुदायको निम्ति क्रियाशील रहने त्यस्ता व्यक्तित्वहरु अक्सर सार्वजनिक चर्चामा आउँदैनन तर उनीहरु आफू रहेको स्थानमा, आफ्नो समुदायमा लोकप्रिय र सम्मानित रहन्छन । यस्तै उदाहरणीय र सम्मानित रहेका छन् अमेरिकाको न्युयोर्कमा बस्ने खिमबिक्रम भट्टराई,’ न्यूयोर्कमै रहेका ओएनएफका महासचिव राधाकृष्ण देउजाको भनाई छ ।
देउजाका अनुसार उनलाई धेरैले सम्मान र मायाले ‘खिम दाइ’ भनेर सम्वोधन गर्ने गर्छन । सबै विदेसिने नेपालीहरु जस्तै पारिवारिक सुख र सम्वृद्धिको निम्ति मेहेनत गर्न विदेसिएका खिम भट्टराईले लगन र मेहेनतले आफू र आफ्नो परिवारलाई सुख, सम्वृद्धिको बाटोमा त लगाए नै, संगसंगै उनी अमेरिका आउने थुप्रै नेपालीहरुलाई आफु जस्तै सफलताको बाटो देखाउने पथप्रदर्शक मात्रै हैन, अप्ठेरो अवस्था र विरानो ठाउँमा पुग्दा पाइने अभिभावक पनि बन्दै आए ।






